नेपालगन्ज । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस, पहाड र हिमालका जनतालाई एकताको सूत्रमा जोडेर मात्र मुलुकको विकास क्रमलाई अघि बढाउन सकिने बताएका छन् ।

आज बाँके जिल्लाको चार बेग्लाबेग्लै स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेसी, पहाडी र जनजातिलाई अपमान गर्ने साँचो अर्थमा राष्ट्रवादी हुन नसक्ने बताए । मधेस, पहाड र हिमालमा बसोबास गर्ने आमनेपालीको एकताका कारण नै संविधानले स्वीकार्यता पाएको उनले स्पष्ट पारे ।

.

“निर्वाचन अमुक पार्टी विशेषको हुँदै होइन, यो त जनताको सार्वभौम अधिकारसँग जोडिएको विषय भएकाले यसबाट पछि हट्नु भनेको जनताको अधिकारलाई स्वीकार गर्न नसक्नु नै हो” – अध्यक्ष दाहालले भने ।

पूर्वप्रधानमन्त्री दाहालले भने – “मुलुकको आमूल परिवर्तनका लागि जनताको बलमा हतियार उठाएको आफ्नो दलले अहिलेको परिवर्तनलाई संस्थागत गर्न खोजेको छ । सिंहदरबारको अधिकार गाउँमा पु¥याउन खोजेको छ । यसमा आमजनताले हामीलाई साथ दिनेछन् ।”

.

“चुनावमा हारजित हुनु स्वाभाविक नै हो, तर मुलुकले हार्नु हुँदैन, जनताले हार्नु हुँदैन, लोकतान्त्रिक व्यवस्था हार्नु हुँदैन उनले भने यो भावना जनजनमा प्रवाहित हुनु जरुरी छ, निर्वाचनलाई त्यसरी नै बुझ्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार