प्यूठान, १० असार । प्यूठानको माण्डवी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसहित डेढ सय नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन ।

.

माण्डवी गाउपालिकामा शनिवार आयोजित चुनावी सभामा एमाले केन्द्रीय सदस्य तथा प्रचार बिभाग उपप्रमुख सूर्य थापाले माओवादी केन्द्र, कांग्रेस र राष्ट्रिय जनमोर्चा राजमोका नेता कार्यकर्तालाई अबिर र माला लगाएर एमाले प्रवेश गराएका हुन ।

.

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव पौडेलसहित डेढ सय माओवादी कार्यकर्तालाई थापाले स्वागत गरेका थिए । कार्यक्रममा कांग्रेस र राजमो त्यागेर एमाले प्रवेश गर्नेको संख्या पनि एक सय बढी रहेको थियो ।

.

नवप्रवेसीहरुले माओवादी, कांग्रेस र राजमोबाट अव देश र स्थानीय तहको बिकास संभव नहुने बताए । माओवादी केन्द्रका नेताहरुले भने आर्थिक संमृद्धि र राष्ट्रिय स्वाभिमानको मुद्दा माओवादी केन्द्रको बर्तमान नेतृत्वले बोक्नै नसक्ने ठहरसहित एमाले प्रवेश गरेको बताए ।

.

चुनावी सभामा बोल्दै एमाले केन्द्रीय सदस्य थापाले अव एमाले मात्रै जनताको असली पार्टी रहेकोले कोही पनि भ्रममा बस्न नहुने बताए ।

.उनले अध्यक्षका उम्मेदवार श्रीधर रोका र उपाध्यक्ष संझना घर्तीसहित सवै वडाध्यक्ष र सदस्यलाई बिजयी बनाई संमृद्धि र स्वाभिमानका साथ बाँच्ने अवस्था सिर्जना गर्न समेत आग्रह गरे ।

.

थापाले प्यूठानमा एमालेसँग प्रतिस्पर्धी कोही हुनै नसक्ने भन्दै बिकास नदिने, संमृद्धिको योजना पनि नहुने, राष्ट्रिय स्वाधिनता र स्वाभिमानको जगेर्ना पनि गर्न नसक्ने पार्टीहरुलाई मत नदिई सूर्यमा मतदान गर्न अपिल गरे ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार