काठमाडौँ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले एमालेसँग एक्लै निर्वाचन लड्ने सामथ्र्य नराखेको बताउनुभएको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको पूर्व सन्ध्यामा आज एमाले केन्द्रीय प्रचार विभागलको फेसबुक लाइभमा आज साँझ पार्टी केन्द्रीय कार्यालयबाट अन्तर्वार्ता दिँदै अध्यक्ष ओलीले प्रदेश नं. १, ५ र ७ का कुल तीन सय ३४ तहमध्ये १० स्थानमा काँग्रेसले आफ्नो उम्मेदवारी नदिएबाट ऊ एमालेसँग लड्न नसकेको पुष्टि हुने बताउनुभएको हो ।

प्रदेश नं. १ र ५ का चुनावी कार्यक्रम सकेर काठमाडौँ फर्केलगत्तै अध्यक्षले अन्तवार्तामा भन्नुभएको छ, ‘मेरो निम्ति देश र जनताको हित बाहेक अर्काे स्वार्थ छैन, पञ्चायतकालमा राजाको स्तुति वा समर्थन गरेर राजनीतिक गरेको मानिस म होइन, ज्युँदो र निर्मम दमनमा उत्रिने पञ्चायतकालमा जेलमा बसेर जनताको पक्षमा राजनीति गरेको हुँ ।’

वर्तमान सरकारले निर्वाचनमा ब्यापक आचारसंहिता उल्लंघन गरेको वताउँदै अध्यक्ष ओलीले त्यसको शसक्त प्रतिकार गर्ने वताउनुभयो ।

साभार :- रातो सुर्य बाट 

 

प्रतिक्रिया

सम्बन्धित समाचार