राप्रपा जिल्ला अध्यक्षसहित २०७ जनाले दिए राजीनामा

वालिङ, १९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी, स्याङ्जाका अध्यक्ष गणेशबहादुर गुरुङसहित २०७ जनाले बिहीबार संयुक्तरुपमा पार्टीबाट राजीनामा दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले बिहीबार वालिङमा पत्रकारसम्मेलन गरी संयुक्त राजीनामा दिएको जनाएको हो ।

.

“पार्टी नेतृत्वको असक्षमताका कारण पहिलो चरणको स्थानीय तहको निर्वाचनमा हामीले लज्जास्पद हार व्यहोर्नुप¥यो”, जिल्ला अध्यक्ष गणेशबहादुर गुरुङले भन्नुभयो, “सङ्गठन निर्माणभन्दा पनि व्यक्तिगत स्वार्थ र सत्तामा कसरी पुग्न सकिन्छ भन्ने मानसिकता केन्द्रीय नेतृत्व तहमा देखिएकाले आजैका मितिदेखि पार्टीको साधारण सदस्य पनि नरहने गरी पार्टीबाट राजीनामा दिएका छौँ ।”

.

राजीनामा दिनेमा जिल्ला अध्यक्ष गणेश गुरुङसहित उपाध्यक्ष झलबहादुर गुरुङ, क्षेत्र नं २ का क्षेत्रीय अध्यक्ष श्यामप्रसाद अर्याल, जिल्ला सदस्य वीरबहादुर गुरुङ, लक्ष्मी खाँण र युवक सङ्गठनका जिल्ला अध्यक्ष रत्नबहादुर गुरुङलगायत छन् । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार