स्थानीय तहको दोस्रो चरणमा भाग लिने या नलिने विषयमा एक मत हुन नसकेपछि महन्थ ठाकुर नेतृत्वको संघीय गठबन्धन फेरि विभाजित भएको छ।

.

गठबन्धनमा आवद्ध दुई पार्टीले चुनावमा भाग नलिने गठबन्धनको निर्णय अस्वीकार गर्दै दोस्रो चरणको चुनावमा जाने निर्णय गरेका छन्। यो खबर भुवन शर्माले आजको नागरिकमा लेखेका छन्।

.

संघीय गठबन्धनमा आवद्ध संघीय लोतनान्त्रिक राष्ट्रिय मञ्च र संघीय लिम्बुवान पार्टी नेपालले चुनावमा भाग लिने निर्णय गरेका हुन्।

.संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको नेतृत्व कुमार लिङ्देल र संघीय लिम्बुवान पार्टी नेपालको नेतृत्व सम्झहाङ पालुङ्वाले गरेका छन्।

.

लिङ्देनले राष्ट्रिय जनमुक्ति पार्टीसँग सहकार्य गरेर चुनावमा जाने बताएका छन्। उनले भने,‘ आलोचनात्मक रूपमा समर्थन गर्दै चुनावमा जाने वातावरण बनेको हो। हामीले चुनावमा जाने निर्णय गरेका छौ।’

प्रतिक्रिया

सम्बन्धित समाचार