डोटीको पूर्वीचौकी गाउँपालिकामा एमाले विजयी

डोटी, १७ असार । डोटीको पूर्वीचौकी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार दीर्घ बोगटीले नेपाली काँग्रेसका उम्मेदवार रामप्रसाद उपाध्यायलाई झिनो मतले हराउनु भएको हो ।

बोगटीले तीन हजार ६१५ ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार उपाध्यायले तीन हजार ५६८ मत ल्याउनुभएको थियो ।

उपाध्यक्षमा पनि एमालेकै निर्मला साउद विजयी हुनुभएको छ । साउद तीन हजार ५८७ मतका साथ विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी काँग्रेसकी माया कुँवरले तीन हजार ५२८ मत ल्याउनुभयो ।

सात वडामध्ये नेपाली काँग्रेसले चारवटा वडा जितेको छ । एमालेले तीनवटा वडामा जित निकालेको छ । १, २, ३ र ७ नम्बर वडामा काँग्रेस विजयी भएको छ । ४, ५ र ६ मा भने एमाले जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार