भरतपुर–१९ मा मतदान सकियो : मतगणना राती १० बजेदेखि

भरतपुर, २० साउन– भरतपुर– १९ मा भएको पुनः निर्वाचनमा २८७० मत खसेको छ । कूल मतदाता संख्या ३७९७ रहेको भरतपुर १९ मा  मतदान सकिंदा २८७० मत खसेको हो ।

 

शारदानगर, गुञ्जनगर र किरणगञ्ज गरी तीनवटा केन्द्रमा मतदान भएको थियो । पहिलो चरणको निर्वाचनमा चुनाव हार्ने भएपछि माओवादीले मतपत्र च्यात्दा यहाँ पुन मतदान भएको हो । माओवादीले जित्न पुग्नेगरी मत नआएको भन्दै मतपत्र च्यातेपछि मतदाता दोहोर्याएर मतदान गर्न वाध्य भएका थिए ।

 

मतदान सुरु हुँदा शुक्रवार बिहान झरी परेको थियो । छाता ओढेर मतदाता मतदानमा सहभागि भएका थिए । मतगणना आजै राती १० बजेदेखि हुने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार