तल्लो तह सम्म संगठन विस्तारमा लाग्न निर्देशन

बुटवल, १ भदौ । पुर्व अर्थमन्त्रि एवं माओवादी केन्द्रका नेता वर्षमान पुनले तल्लो तहसम्म निति कार्यक्रम लैजान सके माओवादी केन्द्रको सम्भावना निकै नजिक रहेको बताएका छन ।

माओवादी केन्द्र रुपन्देहीको सचिवालयको वैठकमा उनले निति उदेश्य र एजेण्डामा पार्टीको जित भएको बताउदै तल्लो तह सम्म संगठन विस्तारमा लाग्न निर्देशन दिए ।
पोलिटव्युरो सदस्य डिलाराम आचार्यले माओवादीलाई कसैले निषेध गरेर जान नसक्ने बताए । विहिवार बुटवलमा भएको वैठकले एक महिना भित्र जिल्लाको १६ वटै स्थानीय तह पार्टी तथा जन वर्गिय संगठनको वैठक सम्पन्न गर्ने निर्णय भएको छ । त्यसैगरी जिम्मेवारी तोकिएको जनाईएका छ ।

विनोद पहाडीलाई सुचना संचार, हरि घिमिरेलाई प्राध्यापक शिक्षक, पुष्पराज ढकाललाई स्वाथ्य तथा कर्मचारी, मधेशको जिम्मा विनोद उपाध्यायलाई जिम्मेवारी तोएिको बताईएको छ । त्यसैगरी वैठकले पोलिटव्युरो सदस्य निमानन्द गैरेको संयोजकत्वमा अनुप वराल, लक्ष्मी कोईराला रहेको तिन सदस्यीय निर्वाचन अनुगमन तथा छानविन समिति गठन गरेको छ

प्रतिक्रिया

सम्बन्धित समाचार