बुटवल, १८ असोज । म्यानमार सरकारका मन्त्री सहितको उच्चस्तरीय टोली बुद्ध जन्मस्थल लुम्बिनीको दर्शन गरी फर्किएको छ । बिहीबार बिहान यति एयरलाइन्सको विमानबाट उनीहरु गौतमबुद्ध विमानस्थल भैरहवा ओर्लिएर उनीहरु लुम्बिनी पुगेका थिए ।

विमानस्थलमा रुपन्देहीका प्रहरी प्रमुख हृदय थापा र यति एयरलाइन्स भैरहवाका प्रमुख बासुकी राणा तथा कर्मचारीहरुले स्वागत गरेका थिए । भ्रमण टोलीमा सरकारी मन्त्री लेपmटीनेल जनरल यार पियाको नेतृत्वमा तीन सरकारी मन्त्री सहित १७ जनाको उच्च स्तरिय टोली लुम्बिनी पुगेको हो । उनीहरुले लुम्बिनीमा मायादेवी मन्दिरमा पुजा अर्चना गर्नुका साथै दिनभरी लुम्बिनी रहेका अन्य मन्दिर र गुम्बाको अवलोकन गरेका थिए ।

गत महिना काठमाण्डौमा सम्पन्न बिमस्टेक सम्मेलनमा म्यानमारका राष्ट्रपतिले लुम्बिनीको भ्रमण गरे पछि बिहीबार म्यानमारको उच्चस्तरीय टोली लुम्बिनी आइपुगेको हो । म्यानमारका राष्ट्रपतिले लुम्बिनीलाई उच्च प्राथमिकतामा राखेर भ्रमण गरे पछि म्यानमारबाट उच्चस्तरीय टोली लुम्बिनी आउने क्रम बढ्दै गएको छ । यस्ता उच्चस्तरीय भ्रमणले लुम्बिनीको पर्यटन प्रबद्र्धनमा थप योगदान पुग्ने लुम्बिनीका स्थानीयबासी बताउँछन ।

प्रतिक्रिया

सम्बन्धित समाचार