बुटवल, १९ असोज । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीमा आफु भित्रको बिरोधलाई मत्थर पार्न सरकार बिरुद्ध योजनाबद्ध रुपमा लागेको आरोप लगाएका छन् । देउवाले निर्वाचनमा जिम्मेवारी बाट उम्कन्न दोष जति नेकपालाई दिएको उनको भनाई छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश कमिटीले आज बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पाटीका स्थायी कमिटी सदस्य तथा प्रदेश इञ्चार्ज समेत रहेका मुख्यमन्त्री पोखरेलले निर्वाचनमा काग्रेस पराजित भएपछी पार्टी भित्रबाट बिरोध हुन थालेपछी सभापति देउवाले आफनो बिरोधलाई मत्थर पार्न सरकार बिरुद्धको आन्दोलनमा पार्टीलाई गराएको बताए । मुख्यमन्त्री पोखरेलले दुई कम्युनिष्ट पार्टी औपचारिक रुपमा एक भएपछी काग्रेसले योजनाबद्ध रुपमा सरकार माथि प्रहार गरीरहेको समेत बताए ।

उनले समाजका बेथितिहरुलाई अन्त्य गर्दै सुधार र बिकासका एजेण्डाका साथ संघिय सरकार अघि बढन खोजिरहेकोमा समाजमा अस्थिरता चाहिरहने शक्तिले नियोजित रुपमा अफवाह फैलाई रहेको पनि बताए । उनले बलियो सरकार बनेका समयमा हिंसा सहेर बस्नु हुदैन भन्ने मनोवल महिलाहरुमा बढेकाले महिला हिंसाका घटना बाहिर आउने क्रम बढेको उल्लेख गर्दै त्यस्ता घटनामा संलग्नलाई कडा कारवाही हुने बताए । उनले सरकारले यातायात क्षेत्रको सिण्डिकेट, निर्माण क्षेत्रको दवदवा, गैर सरकारी संघ सस्थाहरुको अनुगमन तथा बजारको एकाधिकार तोडेर समाजमा सुधार गर्न खोज्दा पनि सरकार माथि प्रहार भईरहेको बताए । कार्यक्रममा पार्टीका प्रदेश अध्यक्ष तथा पुर्वसभामुख ओनसरी घर्तिले पार्टीका सबै कार्यकर्ताको बनोवललाई उचो बनाउदै पार्टीलाई बलियो बनाउने बताईन ।
नेकपाको प्रदेश कमिटिको बैठकले प्रदेश अन्र्तगतका १२ जिल्ला मातहतका कमिटि गठनका लागि शिसफारिस गर्न र पार्टीका तत्काल कार्यक्रम सञ्चालनका लागि प्रत्येक जिल्लामा ४। ४ जनाको कार्यदल गठन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार