प्रदेश नं. ५ मन्त्रीपरिषद्को बैठकले ग¥यो यस्तो निर्णय - Butwal Online

बुटवल, २१ असोज । प्रदेश नं. ५ को आज बसेको मन्त्रीपरिषद्को बैठकले १५ वटा विभिन्न अवधारणा पत्र स्वीकृत गरेको छ । सरकारका प्रबक्ता बैजनाथ चौधरीले १५ वटा अवधारणा पत्र स्वीकृत गरिएको जानाकारी दिए ।


शुसासन विधेयक २०७५ सम्बन्धमा तयार गरिएको अवधारणा पत्रमा आज बसेको मन्त्रिपरिषद्को बंैठकले सैद्धान्तिक स्वीकृत दिएको छ भने प्रदेश सञ्चार नितीलाई स्वीकृत गरेको छ । प्रबक्ता चौधरीले विधेयकको अवधारणा पत्र स्वीकृत संगै बजेट कार्यान्वयनका लागि केही सहज हुने बताए । उनले अहिले सरकारले दशै तिहार पछि बस्ने संसदमा विजनेश कम नहुने गरी विधेयकहरु तयार भइरहेको बताए ।
मन्त्रीपरिषद्को बैठकले विपद् व्यवस्थापन कोष निर्देशिका स्वीकृत, प्रदेश प्रहरी सम्बन्धी कानुन व्यवस्थ ागर्न बनेको विधेयकको अवधारणा पत्र स्वीकृत, प्रदेश प्रसारण सम्बन्धी कानुन व्यवस्था गर्न बनेको विधेयक अवधारणा पत्र स्वीकृत गरेको छ । त्यस्तै गाउ सभा नगरको कानुन निर्माण प्रक्रिया सम्बन्धी ऐन लागु गर्न मिति तोक्ने निर्णय बैठकले गरेको छ । त्यस संगै स्थानिय तहका पदाधिकारी तथा सदस्यको सुविधा ऐनको पहिलो संसोधनको मिति तोक्ने बैठकले स्वीकृत गरेको छ । यसो गर्दा स्थानिय तहका जनप्रतिनिधीहरुको सेवा सुविधा घटबढ हुन सक्नेछ ।
त्यस्तै प्रदेश आकास्मिक कोष, प्रदेश तथ्याङ, प्रदेश सार्वजनिक खरिद, प्रदेश बन, खानी अन्वेषण, प्रदेश पर्यटक, प्रादेशिक खेलकुद विकास सम्बन्धी व्यवस्थ ागर्न बनेको विधेयकको सम्बन्धमा बनेको अवधारणापत्र स्वीकृत गरेको छ । त्यस्तै प्रादेशिक युवाहरुको क्षमता विकास सम्बन्धी व्यवस्थ ागर्न बनेको विधेयकको अवधारणापत्रमा शैद्धान्तिक स्वीकृत प्रदान गरेको छ ।



प्रबक्ता चौधरीले अझै पनि मन्त्रालयहरुमा कर्मचारी नआउँदा बजेट कार्यान्वयन चुनौती रहेको बताए । प्रदेश सरकारले केही कर्मचारी आफै नियुक्त गरेर भएपनि काम नरोक्ने बताएका छन् । डिभिजन, सव डिभिजनका लागि कार्यालय प्रमुख सरकारले पठाए बाँकी कर्मचारीको अभाव पुर्ति सरकार आफैले करार नियुक्ती गरेर भएपनि काम गर्ने उनको भनाई छ ।
स्थानिय प्रशासन मन्त्रालयले कर्मचारी नखटाएकै कारण मन्त्रालयमा कर्मचारी अभाव भएको उनको भनाई छ । “पठाएका कर्मचारी समेत आएका छैनन्, कतिपय आउने भन्दा भन्दै सेवा बाटामै सकिने खालका कर्मचारी पठाएको छ” प्रबत्ता चौधरीले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार