पश्चिम नेपाल बस व्यवसायी संघ दुवारा अग्रिम टिकट बुकिङ खुल्ला - Butwal Online

बटौली, २२ असोज । नजिकिएको दशै पर्वलाई लक्षित गर्दै पश्चिम नेपाल बस व्यवसायी संघले अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ । यात्रुहरुलाई सहज रुपमा गन्तव्यमा पठाउनका लागि संस्थाले २० गते देखि नै अग्रिम टिकट बुकिङ खुलाएको संघका अध्यक्ष दधिराम खरेलले जानाकारी दिए ।



अग्रिम टिकट बुकिङ खुल्ला भएपछि बसपार्कमा टिकट लिनेहरुको भिड लागेको छ । गुल्मी, पाल्पा, अर्घाखाँचीका लागि बढि मात्रामा टिकट बुकिङ भएको टिकट बुकिङ काउन्टरका सदस्य प्रदीप पौडेलले जानाकारी दिए ।
संघले यात्रुहरुको चाप अनुसार सवारी साधन थप्ने बताएको छ । रुट भन्दा बढि सवारी संघको माताहतमा रहेको भन्दै आवश्यकताका आधारमा बसहरु थप गर्दै जाने अध्यक्ष खरेलको भनाई छ ।

बढि यात्रु काठमाडौं बाट बाहिरिने भएकाले एककोहोरो मात्र बसले यात्रु ओर्सार्ने गरेको उनले बताए । “काठमाडौंबाट गुल्मी जान समस्या छैन, तर बस एककोहोरो काठमाडौं लैजान केही ग्राहो छ, यात्रु छैनन्” उनले भने ।
गुल्मी, अर्घाखाँची, पाल्पा जानका लागि दुई वटा छुट्टा छुट्टै काउन्टर बनाएर टिकट दिने व्यवस्था संघले मिलाएको छ ।
बसपार्कमा यात्रुको चाप बढ्ने थालेपछि वडा प्रहरी कार्यालय बुटवलले पाँच दिन अघि नै नागरिक सहायता कक्ष स्थापना गरिसकेको छ । सुरक्षित यात्रा, सामानको सुरक्षा जस्ता सूचनामुलक सामाग्री सहायता कक्षबाट यात्रुहरुलाई दिइएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमर बहादुर थापाले जानाकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार