गुल्मी १५ कात्तिक, जिल्लाको गुल्मीदरवार गाउँपालिकाका जनप्रतिनिधीहरुले कम्प्युटर सिक्न थालेका छन । गाउँपालिकाको आयोजनामा कार्यपालिका सदस्यहरु सवैले कम्प्युटर सिक्न थालेका हुन ।


गाउँपालिका तथा वडावाट हुने सिफारिस , निवेदन लगायतका सामान्य काम पनि कम्प्युटरवाटै गर्नुपर्ने भएकाले कार्यपालिका सदस्यहरुलाई कम्प्युटर सिकाउन थालिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताए । सामान्य कामहरु पनि कम्प्युटरको माध्यमवाट नै हुन थाले उनले भने‘ पालिका अध्यक्ष उपाध्यक्ष वडा अध्यक्षहरु र कार्यपालिका सदस्य ज्युहरुलाई नेपाली युनिकोड, इमेल इन्टरनेट, वेवसाईट, सामाजिक सञ्चालन, मोवाईल एप्लिकेशन चलाउन सक्ने बनाउने हो ।’ ७६ बर्षमा जनप्रतिनिधी बनेका गुल्मी दरवार गाउँपालिका ३ का वडाअध्यक्ष क्याप्टेन बल बहादुर थापा पनि बुढेशकालमा भएपनि कम्प्युटर सिक्न पाएकोमा आफु दगं भएको बताए । लामो समय भारतीय सेनामा कार्यरत भइयो त्यसपछि गाउँमा आएर समाजसेवामा लागियो हजुर उनले भने‘ अहिले वडा अध्यक्ष भएपछि त कम्प्युटर नसिकी नहुदो रहेछ ।’ उनले कम्प्युटरमा आफ्नो नाम र एवीसीडी अहिलअलि लेख्न शुरु गरेको बताए । कम्प्युटर नजानेकाले वडामा सामान्य कामहरु पनि सचिवलाई गुहार्नु

प्रतिक्रिया

सम्बन्धित समाचार