सहबान अन्सारी
नवसपरासीको सुस्तामा अलपत्र परेको झुलङ्गे पुलको निर्माण कार्य पुन एक हप्तामा संचालनमा आऊने बताईएको छ ।
नेपालको पहिलो तथा एसियाको दोस्रो लामो झुलङ्गे पुल गत २०७२ सालमा त्रिसुली आसय जेवी कन्ट्रक्सनले करिब ढाई बर्ष भित्र कार्य सम्पन्न गर्न जिम्मा लिएपनि कनट्रक्सनको आपसी बिभेद तथा लापारवाहीले गर्दा पुलको निर्माण कार्यको अवधि समाप्त भई सके पनि अहिले सम्म करिब ५ प्रतिशत काम मात्र भएको नवलपरासी क्षेत्र नं. ६ का नेपाली काग्रेसका पुर्व सासंद देवकरण प्रसाद कलवारले बताऊनु भयो ।


उक्तपुलको निर्माण कार्य पुरा नभएपछि अर्को ठिक्का मार्फत निर्माणकार्य संचालनमा ल्याऊने तयारी भएपछि सोही कन्ट्रकसनले दैविक जल उत्पन्न विभाग महा निद्शनालयमा लिखीत कागज गरि पुन निर्माण कार्यको जिम्मा लिएको कलवारले बताए ।
पक्लिहवा सुस्ता जोडने पुलको लम्बाई १५ सय ७१ मिटर तथा चौडाई ५ फिट ६० सेन्टिमिटर रहेको पुलको कुल लागत २२ करोड रहेको छ ।
नारायणी पारी अवस्थित सुस्तामा ४० हजार ९ सय ८० हेक्टर क्षेत्रफलमा करिब २६५ घर दुरीका मानिसहरुले बसोबास गर्दै आएका छन ।
सुस्ताबासी आवत जावत गर्न जोखीम पुर्ण ढुङ्गा यात्रा गर्न बाध्य हुदै आएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार