सहबान अन्सारी / नवलपरासी

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गुठी परसौनी द्वारा सरसफाई कार्यक्रम आज सम्पन्न भएको छ ।
शुभ दिपावलीको तथा छठ पर्वको अवसरमा आज नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं‌ ६ (झुलनीपुर) बाजार पुर्ण रुपमा सरसफाई गरिएको हो।


सरसफाई कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गुठीपरसौनी र स्थानिय ब्यपारीहरुको संयुक्त आयोजना रहेको कार्यक्रममा करिब ३० जनाको सहभागिता रहेको थियो आज बिहान गुठी परसौनी छोटी भन्सार कार्यालय देखी मुख्य नाका दशगजा सम्म सरसफाई गरिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक माधव पण्डितले जानकारी दिनु भयो ।
साथै आफ्नो पसल अगाडी फोहोर आफै सफा गर्ने आग्रह समेत गरिएको पण्डितले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार