नेपाल वायुसेवा निगमले चीन र जापानमा उडान भर्ने

काठमडौँ । नेपाल वायुसेवा निगमले चीन र जापानमा उडान भर्ने भएको छ । निगमले आगामी चैतदेखि दुबै देशमा उडानका लागि प्रकृया अघि बढाएको हो ।

आगामी चैतदेखि नै चीन र जापानमा उडान भर्न निगम तयारीमा जुटेको छ । चीन र जापान उडानका लागि मंसिरभित्र पत्राचार गरिसक्ने निगमको दावी छ । नेपाल भ्रमणमा आएका चिनियाँ पर्यटनमन्त्री लुओ सुआङले निगमको जहाज चीन उडानका लागि पहल गर्ने आश्वासन दिएका थिए । मन्त्री सुआङसँग नेपाली पक्षले नेपाली जहाज उडानका लागि वातावरण बनाइदिन आग्रह गरेका थिए ।

निगमका अनुसार ग्वान्जाउ उडानका लागि निगमले बेइजिङ लङवे इन्टरनेशनल ट्राभल सर्भिसलाई जिएसए नियुक्त गरिसकेको छ । जापानको ओशाकाको उडानका लागि जिएसए छनोट प्रकृया एक सातामै टुंगिने निगमले जनाएको छ । चीन र जापानबाट उडान अनुमतिपत्र आइसकेपछि उडान तालिका र भाडा दर निर्धारण गर्ने निगमको दावी छ । निगमले कम्तीमा साताको तीनवटा उडान भर्ने जनाएको छ ।

ग्वान्जाउका लागि एयरबस–३३० र एयरबस–३२० दुवैले उडान गर्नेछ । अहिले चीनको ड्रागन, चाइना इस्टर्न, चाइना साउदर्न, चाइना वेस्टर्न, चाइना नर्दन, तिब्बत एयर लगायत छ वटा एयरलाइन्सले नेपालमा दैनिक उडान भर्दै आएको छ ।

बिशाल अर्याल

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार