प्रवासी युवाहरुकाे सहयाेगमा पहिराे-पीडितका लागि घर निर्माण - Butwal Online

पर्वत । रोजगारीको सिलसिलामा नेदरल्यान्डमा रहेका पर्वतेलीको सहयोगमा जलजला गाउँपालिका–७ धाइरिङ लस्तीका पहिरोपीडितका लागि घर निर्माण गरिएको छ ।

गत साउन १ गते रातिको वर्षातका कारण पहिरोले क्षति पुर्याएर विस्थापित जलजला गाउँपालिका–७ लस्तीकी लक्ष्मी शर्माको घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।

धाइरिङ वास्वोट घर भई रोजगारीको सिलसिलामा नेदरल्यान्डमा रहनुभएका नारायण आचार्यको विशेष पहलमा नेदरल्याण्डमा रहेका पर्वतवासीको आर्थिक सहयोगमा शौचालयसहित तीन कोठे घर निर्माण गरिएको हो ।

नेदरल्यान्डवासीको रु तीन लाख २९ हजार र स्थानीय महिला समूह तथा व्यक्तिको श्रमदाना गरी रु पाँच लाखभन्दा बढीको लागतमा घर निर्माण गरिएको हो ।

शनिबार आयोजित कार्यक्रममा जलजला गाउँपालिका अध्यक्ष रामकृष्ण मल्ल, पर्वत समाज नेदरल्यान्डका वरिष्ठ सल्लाहकार गुणनिधि रिजाल, पर्वत समाज नेदरल्यान्डका अध्यक्ष नरबहादुर रोकाले पहिरोपीडित शर्मालाई घरको साँचो हस्तान्तण गर्नुभएको थियो ।

बिशाल अर्याल

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार