रेकर्ड ब्रेकर गीत ‘गङनम स्टाइल’ का गायक ‘सार्इ’ अर्थात पार्क जेई साङ नेपाल आउने भएका छन् ।नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापित भएको ४५ वर्ष पुगेको अवसरमा कोरियाली राजदूतावासले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् ।

‘सार्इ विथ के पप लाइभ इन नेपाल’ नाम दिइएको कन्सर्ट डिसेम्बर १५ तारिखमा खुमलटार, सातदोबाटोमा रहेकाे रेडियो नेपालको ग्राउण्डमा हुनेछ । ५ घण्टासम्म चल्ने कन्सर्टमा नेपालको तर्फबाट दीपक बज्राचार्यसँगै हास्यकलाकार राजा राजेन्द्र पोखरेल, गायिका मिलन अमात्य, निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी लगायतले प्रस्तुति दिनेछन् ।

कन्सर्टमा गायक बज्राचार्यले नेपाली भेषभुषा र नेपाली मौलिक बाजाहरुलाई समेटेर आफ्नो ब्याण्डसहितको प्रस्तुति दिनेछन् । त्यस्तै दीपकको ब्याण्डसँगै कोरियाका अन्य विभिन्न चर्चित ब्याण्डले आफ्नो प्रस्तुति राख्नेछन् जसमा बिएपी, एसएफ नाइन, एओए, मोमोल्यान्ड, बेरी गुड, बड्किज ब्याण्ड छन् ।

‘सार्इ’ दक्षिण कोरियाका गायक, र्‍यापर र रचनाकार हुन् । उनी कोरियामा कमेडी स्टेज प्रस्तुति र भिडियोमार्फत चर्चित छन् । उनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने गीत भने गङनम स्टाइल नै हो ।

बिशाल अर्याल

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार