जबर्जस्ती करणीका कारण र रोकथाम

दामोदर पौडेल,
जबर्जस्ती करणीसम्बन्धी अपराध बढिरहेको छ । ८० वर्षका वृद्धबाट ४ वर्षकी बालिकासमेत बलात्कृत भएकी छन् । एकजना सिरियाली नागरिकको भनाइ छ– ‘हरेकपटक यो भन्दा खराब त अरु के होला र ? भन्ने सोच्छौ तर पुनः त्यो भन्दा खराब अवस्था आउँछ ।’ अहिले बलात्कारका घटना पनि त्यसरी नै बढिरहेका छन् । यो सब किन र कसरी भइरहेको छ त ? सोचनीय विषय बनेको छ ।

महिलाबाट पुरुष बलात्कृत हुने घटना नगन्य हुन्छन् । बलात्कारले पुरुषलाई शारीरिकरुपमा फरक नपर्ने हुँदा बलात्कारको पीडा पुरुषमा कम हुन्छन् । महिलाहरु यौन मामलामा शारीरिकरुपमा पुरुषभन्दा कमजोर रहेकाले पनि उनीहरु बढी प्रताडित हुन्छन् । यौन उत्कण्ठा पनि बलात्कारको प्रमुख करण हो । यौन उत्कण्ठा महिला–पुरुष दुवैमा हुन्छ । महिलाको उत्कण्ठा पूरा गर्न महिलाले पुरुषलाई बलात्कार गर्नुपर्ने अवस्था कम आउँछ । तर पुरुष भने बलात्कार गर्न उद्यत् हुने गरेको छ ।

बलात्कारका केही कारणहरु छन् । पहिलो त एक युवतीले एउटा प्ले कार्ड लिएर फोटो खिचाएकी थिइन् र त्यसमा लेखिएको थियो कि हेर साथीहरु बिरालोको अगाडि दूध राखेर उल्टै बिरालोलाई दोषी देख्ने होइन । सभ्यरुपमा कपडा लगाएर, भलाद्मी भएर आफ्नो बाटो हिँड्नुपर्छ अनि कसले बलात्कार गर्छ हामीलाई ? नछोपेको चीजमा झिँगा लाग्छ नि ! तर बलात्कारको कारणमा महिलालाई दोष दिने ठाउँ कमै छन् । उनीहरुका अज्ञानताको कारणले बलात्कार भएको भने हुन सक्छ । तैपनि यौनरुपमा अचाक्ली आकर्षक भएर यौनचाहना नै हो कि भन्ने गरी कपडा र हाउभाउ देखिनु अनि कपडा आदि पनि त्यस्तो लगाउनु बलात्कारका कारणमा पर्ने हुन सक्छन् ।

महिलाहरु यथासम्भव चाहेका पुरुषसँग यौनचाहना नै भएमा बाहेक एक्लै नहिँड्ने, एकान्तमा नबस्ने, अनिच्छित पुरुषसँग चुकुल लगाएर कोठामा नबस्ने जस्ता कार्य गरेमा बलात्कार घट्न सक्छन् । तर नाबालिकाको हकमा यो सम्भव छैन ।

तपाईं मान्नुस् वा नमान्नुस्, यौनचाहना हकिकत हो । पुरुष र महिला दुवैको र प्रकृतिले दिएको वरदान पनि हो । जति बढी यौनचाहना मानिसमा हुन्छ त्यति नै मानवजाति यो पृथ्वीमा बच्नयोग्य छ भन्ने प्रमाण हो । यौनचाहना कम भएका र नभएका कतिपय प्राणी लुप्त हुँदै छन् । वैज्ञानिकहरु तिनमा यौनचाहना कसरी जगाउने भन्नेमा प्रयत्नशील छन् । त्यसैले यौनचाहनालाई व्यवस्थित गर्ने हो, रोक्ने होइन र अपराधीकरण गर्ने होइन ।

तीस वर्षको उमेरमा पति वा पत्नी मरेमा बाँचेकाले के गर्ने ? चाहना पति वा पत्नी मरेसँगै मर्दैन । यो सत्यलाई समाजले बुझ्दैन । कहिलेकाहीँ यौनतृष्णाको बाध्यात्मक विकृति पनि बलात्कार हो । पहिला विपरीतलिंगी मरेपछि यौनचाहना पूरा गर्दा महिलालाई मात्र दोषी देख्ने प्रवृत्ति बढी थियो तर अब कम भएको छ । यो सकारात्मक पक्ष हो । साथै बढी उमेरका मानिसले बलात्कार गर्नुको कारण उनीहरुको पत्नी नहुनु तर यौनचाहना हुनु र बुझ्नेले उसलाई यौनरुपमा असक्षम सम्झनु अनि बालिकाले केही थाहा नै नपाउनु हुन सक्छ । यसको लागि यौनचाहनालाई राम्रोसँग व्यक्त गर्ने परिपाटी पनि सहयोगी हुन सक्छ ।

अर्को भन्न नहुने कुरा पनि भन्नै पर्दछ, विशेषतः बालबालिका र सम्पत्तिको उचित व्यवस्थापनको लागि । कतिपय पति वा पत्नी लामो समयसम्म बाहिर रहन्छन् । बाहिर रहनेले यौनसन्तुष्टि विभिन्न किसिमले लिएकोमा कुनै चर्चा हुँदैन र शंका मात्र हुने हो । तर स्थायी बासस्थानमा भने पति वा पत्नी बाहिर हुँदा अर्कोलाई बढी नै चियोचर्चो गरिन्छ । यो यौन आवश्यकता विपरीत हो । त्यही कारणले कतिका घर बिग्रेका छन् । बच्चाहरु अनाथ बनेका छन् । सम्पत्ति तहसनहस भएको छ । बाहिर बस्नेले पठाएको सम्पत्ति सुरक्षा गर्ने र बच्चालाई राम्रोसँग हुर्काउने तर बाहिर बस्ने पति वा पत्नीसँग मानसिकरुपमा आत्मीयता नै राखेर शारीरिक आवश्यकता सम्पत्ति तहसनहस नगरी पूरा गर्ने वातावरणले धेरै समस्याको निराकरण गर्दछ ।

परिवार, पति, पत्नी भन्ने नै क्रमशः लोप हुने अवस्थामा पति–पत्नीको यौनसन्तुष्टिका सम्बन्धमा बढी परम्परावादी बन्न आवश्यक र सम्भव छैन । अब अस्मिता र समर्पण भन्ने कुरा परिवार, समाजको लागि बाध्यतासम्म हुन पुगेको छ । त्यसैले सबैभन्दा पहिला राज्य र समाजले एकल महिला तथा एकल पुरुषको यौन आवश्यकता र सम्बन्धलाई अनावश्यक विवादित बनाउन आवश्यक छैन ।

जुन उमेरमा पनि यौन आवश्यकता पूरा गर्न सहमतिको लागि विवाहविनाको खोजलाई आत्मसात् गरिनुपर्दछ । अहिलेको कानुनले यसलाई मान्यता पनि दिएको छ । नेपालको मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २१९ ले १८ वर्षभन्दा माथिका महिलासँग खुशीराजीले यौनसम्बन्ध राख्न सकिने उल्लेख गरेको छ । तर विवाहको उमेर भने २० वर्ष तोकेको छ । यसले के देखाएको छ भने, विवाहभन्दा बाहिरको यौनसम्बन्ध मात्र नभएर बहु यौनसम्बन्ध नेपालमा वर्जित छैन ।

रुसले केही वर्षपहिला महिला र पुरुषको विवाहको उमेर २ वर्ष कम गरेको हो । तर नेपालले १८ वर्षवाट २० वर्ष बनायो । रुसीहरुको तर्क के छ भने, विवाहको उमेर बढी राख्दा यौनचाहना स्वाभाविकरुपमा पूरा नहुँदा यौनअपराध बढ्ने र एडस्जस्ता घातक रोगहरु फैलने गरेकोले यसो गरिएको हो । यसलाई मान्ने हो भने, नेपाली समाजको त्यो अर्थात् विवाहको उमेर बढाउने पक्ष यौन अपराधहरु बढून् नै भन्ने चाहन्छ भन्ने अर्थ लाग्न सक्ला । सामान्यतः युवतीहरुमा १५ वर्षमा र पुरुषमा १७ वर्षमा करिबमा पूर्ण यौन परिपक्कता र चाहना हुन थाल्छ । त्यसलाई कानुनरुपी बाँध लगाउने हो भने त्यो कतिपय अवस्थामा फुट्छ नै । केहीमा मात्र यौनचाहना त्यो उमेरमा भएको हुँदैन ।

महिला र बालिकाहरु यौनहिंसाका परिणामका कारण क्रूर किसिमले मारिएका छन् । वर्तमान ऐनसमेत पहिलाको ऐनभन्दा बलात्कार मैत्री छ । साबिक मुलुकी ऐनको जबर्जजस्ती करणीको महलको दफा ८मा कुनै पुरुषले महिलालाई जबर्जस्ती करणी गरेमा सो भएको १ घन्टाभित्र रिसको कारण त्यो पुरुषलाई मारेमा ज्यान मारेको बात नलाग्ने व्यवस्था थियो । अहिलेको ऐनमा त्यो हटाइएको छ । यो उपयुक्त हैन ।

मेरो विचारमा महिनावारी हुनुभन्दा पहिलाका उमेरका बच्चीलाई बलात्कार गर्र्नेलाई समाज, प्रहरीसमेतले पक्रँदा वा आवेशको कारणले कसैले केही गर्दा बलात्कारी मरेमा ज्यान मारेको बात नलाग्ने कानुनी व्यवस्था हुन आवश्यक छ । त्यस्तै कुनै पनि उमेरकी महिलालाई बलात्कार गरेर मारेमा त्यस्तालाई समेत समाज तथा प्रहरीले कार्वाही गर्दा वा समात्दा मरेमा बात नलाग्ने व्यवस्था अवश्यक छ । यसको लागि बलात्कार गरेको ५ घन्टाभित्र मात्र सो लागू हुनेछ जस्ता व्यवस्था गर्न सकिन्छ ।

विवाहको उमेर पनि २० वर्षवाट झारेर १६ वर्ष कायम गरे हुन्छ । बरु निजहरुले २० वर्ष नहुँदासम्म बच्चा नपाउनको लागि सरकारले नै स्वस्थकररुपमा प्रयोग हुने अस्थायी परिवार नियोजनका साधनहरु दिने व्यवस्था हुन सक्छ । उदाहरणका लागि कपर टी एउटा हुन सक्छ । यौनशिक्षा दिन सकिन्छ । राज्यले यससम्बन्धमा यौनअपराध गर्नेको उमेर, कारण, आफन्तबाट हुने अपराधको प्रतिशत आदि बुझेर औसत निकाल्नु र बाहिर ल्याउनुपर्दछ ।

अनुसन्धानबाट आएको परिणामको आधारमा अविवाहित भएकोले २० वर्षभन्दा कम उमेरको मानिसले बलात्कार गरेको संख्या धेरै भएमा राज्यले २० वर्षभन्दा कम उमेरका पुरुषलाई कि यौनचाहना नहुने औषधि आदि दिनुपर्ने हुन्छ, कि विवाहको उमेर घटाउनुपर्दछ । एकल पुरुष वा महिलालाई यौनसम्बन्धका बारेमा राज्य र समाज उदार हुनुपर्दछ । आफन्तले यौनअपराध गरेमा अझै कडा सजायको व्यवस्था हुन आवश्यक छ । यौनहिंसाको बारेमा बालिका तथा युवतीहरुलाई राज्य र समाजले जानकारी दिन आवश्यक छ ।

नेपालको मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २१९ को उपदफा ४ मा पतिले पत्नीलाई जबर्जस्ती करणी गरेमा ५ वर्षसम्म कैद हुन सक्नेछ भन्ने उल्लेख छ । विवाहको निर्णायक कारण यौनसम्बन्ध नै हो । यौनसम्बन्ध नराखी महिलाले पुरुषलाई र पुरुषले महिलालाई पूजा गर्न विवाह गरेको होइन । तसर्थ पुरुष र महिला दुवै अर्काको यौनचाहनामा सकारात्मक बन्नुपर्दछ भन्ने उल्लेख हुन आवश्यक छ ।

महिला अस्वस्थ भएको अवस्थामा पुरुषबाट यौनक्रियाकलाप भएमा वा नैतिकतामा फरक पर्ने गरी करणीको कार्य भएमा वा पुरुषले लागूपर्दाथ सेवन गरेर यौनसम्पर्क गरेमा मात्र जबर्जस्ती करणी ठहर्ने व्यवस्था हुन अपरिहार्य छ । नैतिकता भन्नाले बालबच्चा, अरु मानिसको अगाडि नै त्यस्तो संकेत गर्नु आदिलाई मान्न सकिन्छ । अन्यथा विवाह गर्ने तर यौनसम्बन्ध नहुने हो भने अर्को विवाह गर्ने अधिकार अर्को पक्षलाई हुन अपरिहार्य छ । यौनसँग सम्बन्धित बिरामीसमेत नभई यौनरुपमा अर्काेलाई साथ नदिनेलाई सम्बन्ध विच्छेद गर्दा अंशसमेत नदिइने व्यवस्था कानुनमा भएमा असन्तुष्टिको कारणले हुने विकृतिहरु कम हुन्छन् ।

यी तथ्यहरुमा राज्य र समाज सचेत भई निराकरण गर्न तयार भएमा यौनअपराध र विशेषतः बलात्कार धेरै नै न्यून वा अन्त्य नै हुन सक्छन् । यौन आवश्यकता र यसको व्यवस्थित समायोजन नै यौनअपराध कम गर्ने वातावरण हो भने अपराध भएपछि कडा सजाय अर्को महत्वपूर्ण पाटो हो ।
(लेखक पौडेल अधिवक्ता हुनुहुन्छ ।)

बिशाल अर्याल

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार