नेमकिपाकी नेता शाहीको दुर्घटनामा निधन - Butwal Online
नेमकिपाकी नेता शाहीको दुर्घटनामा निधन

नेपालगन्ज : नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य गोमादेवी शाहीको भ्यानको ठक्‍करबाट मृत्यु भएको छ। बाँके जिल्ला कोहलपुर नगरपालिकाको विद्युत रोड नजिक मोटर साइकलबाट सडक पार गर्ने क्रममा बुधबार राति पौने ८ बजेतिर भ्यानले ठक्कर दिएर शाही घाइते भएकी थिइन्।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गर्न लगेकी शाहीलाई राति नै चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी रमेशबहादुर सिंह बताए।

कोहलपुरबाट नेपालगन्जतर्फ जाँदै गरेकोभे १ च १६७२ नम्बरको मालबाहक म्याजिक भ्यानले शाही सवार भे २ प ३०२ न को मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकल चालक नेतृ शाहीका पति अञ्जिल शाही भने सामान्य घाइते भएका छन्।

उनको घुँडामा चोट लागेको छ। शिक्षण अस्पताल कोहलपुरमा उपचारार्थ भर्ना भएका शाहीको भने बुधबार राति नै डिस्चार्ज भएको इप्रका कोहलपुरले जनाएको छ। भ्यान चालक रमेश चौधरीलाई प्रहरीले नियन्त्रण लिएको छ ।

बिशाल अर्याल

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार