रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ५ निवासी ३८ वर्षिय अंगद प्रसाद चौधरी मृत अवस्थामा फेला - Butwal Online

बुटवल, २८ कार्तिक ।
रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ५ स्थित गौरी निवासी विरेन्द्र प्रसाद चौधरीको ३८ वर्षिय छोरा अंगद प्रसाद चौधरी (कुर्मी) सोही गाउँको सडक छेउमा मृत फेला परेकोले घटनाको दोषीलाई कारवाही गर्न गाउँपालिकाले माग गरेको छ ।


बुधबार बिहान करिब ५ः३० बजे चौधरी मृत अवस्थामा फेला परेकोले उक्त घटनाको सम्बन्धि निकायबाट यथार्थ आवश्यक छानवीन गरी कडा कारवाहीको माग गाउँपालिकाले गरेको छ ।
ओमसतिया गाउँ कार्यपालिकाका प्रवक्ता शिव कुमार धवलद्धारा जारी प्रेस विज्ञप्तीमा दोषी माथि कडा कारवाहीको माग गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौं, साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्दै शोकलाई शक्तिमा परिवर्तन गर्न सबै न्यायप्रेमी जनसमुदायमा अपिल गर्दछौं, उल्लेख गरिएको छ ।



बिशाल अर्याल

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार