रातारात भारतबाट किन नेपाल आईन् निरुता सिंह ? बुवा बिरामी पर्दा यति सम्म दुब्लाइन - Butwal Online

काठमाडौँ, हाल चलचित्र जगतमा चलचित्र दाल भात तरकारी को निकै चर्चा चलिरहेको छ । किरण केसीको निर्माण र उनका सुपुत्र सुदन केसीको निर्देशनमा बन्न लागेको यस चलचित्रले छायांकन अगावै चर्चा कमाएको छ ।

कार्तिक २७ गते मंगलवार साइत हेराएर शुभमुहुर्त गरिएको यस चलचित्रमा निरुता सिंह हरिबंश आचार्यको जोडीको रुपमा देखिने भएकी छिन् । सोही दिन चर्चित हास्य कलाकार हरिवंश आर्चायको जन्मदिन पनि परेको थियो ।



यसै फिल्मको लागि अभिनेत्री निरुता बुधबार राति नै भारतबाट नेपाल आइपुगेकी छिन् । मङ्सिर १ गतेबाट छायांकन शुरु गर्ने भनिएको चलचित्र दाल भात तरकारी बैशाख १३ गते रिलिजको तयारीमा रहेको छ ।

मह संचारको प्रस्तुति रहने यस चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, वसुन्धरा भुसाल, सन्तोष पन्त, शिवहरि पौडेल, निरुता सिंह, किरण केसी, राजाराम पौडेल, प्रियङ्का कार्की, वर्षा राउत, पुष्पल खड्का, आँचल शर्मा, शिशिर वाङ्देन लगायतका कलाकारको अभिनय रहने छ ।

बिशाल अर्याल

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार