नेपाल आइडलहुँदै ‘द भोइस अफ नेपाल’मा आइपुगेका राहुल बिश्वासको आवाजमा नयाँ गीत सार्वजनिक - Butwal Online

काठमाडौँ । संगीतकार अनिल शाही नबोदितको नयाँ आधुनिक गीत ‘तिम्रो लागि’ को म्युजिक भिडियो बजारमा आएको छ । ‘तिम्रो लागि’ बोलको नयाँ म्युजिक भिडियोमा अनिल शाहीलाई रचनाकार, संगीतकारको रुपमा मात्र नभइ मोडलका रुपमा समेत देख्न सकिन्छ ।

“तिम्रो लागि संसारको नियम तोडी सके” बोलको गीतले संगीतकार शाहीलाई राम्रो अभिनय गर्ने मोडलका रुपमा पनि चिन्न सकिने भएको छ । गीतमा शब्द, संगीत, निर्देशन तथा मोडल अनिल स्वयंको रहेको छ ।

‘नेपाल आइडल’पछि ‘द भोइस अफ नेपाल’बाट चर्चामा आएका गायक राहुल बिश्वासलाई गायिका प्रतिभा शाहले स्वरमा साथ दिएकी छिन् । बेलायतको म्यानचेस्टरमा बस्ने प्रतिभा पेशाले नर्स हुन् । नर्सिङ अभ्यासकै क्रममा डेढ दशकअघि बेलायत पुगेकी प्रतिभा शास्त्रीय संगीतमा पोख्त छिन् ।

जनता डिजिटल एण्ड फिल्मले बजार ब्यबस्थापन गरेको यो म्युजिक भिडियोको निर्देशन अनिल शाहीलेनै गरेका हुन् भने शाहीलाई मोडल अन्जु चौलागाईले अभिनयमा साथ दिएकी छिन् । मुकेश हुमागाईले भिडियोको छायांकन गरेका हुन् भने अमृत चापागाईले सम्पादन गरेका हुन् ।

बिशाल अर्याल

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार