डान्स रियालिटी सो छमछमी सिजन ४ को बुटवल अडिसन भोली देखि

बुटवल, २९ कार्तिक । नेपाल टेलिभिजनको डान्स रियालिटी सो छमछमी सिजन ४ को बुटवल अडिसन भोली देखि बुटवलमा सुरु हुने भएको छ । बुटवलको दियालो फुडल्याण्डमा दुई दिन सम्म चल्ने बुटवल अडिसनमा २ सय जनाको सहभागिता हुने अपेक्षा गरिएको नेपाल टलिभिजनकी कार्यकारी निमार्ता निता सापकोटाले बताईन ।


नेपाली पनको, नेपाली मनको नाराका साथ सुरु भएको छमछमी सिजन ४ को अडिसन बुटवल पछि धनगढि, सुर्खेत, कोहलपुर, नारायण, काठमाडौंमा हुनेछ ।
नेपाली मौलिक नृत्यको जगर्ने गर्ने उद्देश्यले छमछमी सुरु गरेको भन्दै निमार्ता सापकोटाले अडिसनमा हिन्दी र अंग्रेजी गित बाहेक अन्य जुनसुकै गितमा पनि नृत्य गर्न सकिने बताईन ।

हरेक शनिबार साँझ ८ः५० बजे प्रसारण हुने छमछमी सिजन ४ को विजेताले अल्टो मारुती कार प्राप्त गर्नेछ । त्यसैगरी द्धितियले नगद ५ लाख, तृतियले नगद ३ लाख बराबरको गिफ्ट प्राप्त गर्ने उनले बताईन ।

त्यसैगरी टप ७ मा पर्ने उत्कृष्ट नृत्यकारले नगद १ लाख प्राप्त गर्ने आयोजकले बताएको छ । नेपाल टेलिभिजनको रजत महोत्सवको अवसरमा वि.स. २०६६ सालदेखि छमछमी सुरु गरेको भन्दै छमछमीलाई निरन्तरता दिने नेपाल टेलिभिजनका बरिष्ठ क्यामरा पर्सन पुरुषोत्तम घिमिरेले बताए ।
कार्यक्रममा गायिका देविका बन्दना, नृत्यकर्मी संघ रुपन्देहीका अध्यक्ष अनु रज्जाक लगाएतले बोलेका थिए । कार्यक्रम नेपाल टेलिभिजनका रुपन्देही संवाददाता हरिश ढकालको सञ्चालनमा सम्पनन भएको थियो ।

बिशाल अर्याल

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार