Trending
  • युएईमा रक्सी पिएर नेपाली युवतीको ‘ग्याङ फाइट’, एक नेपाली युवतीको मृत्यु - Butwal Online

    युएई : युएईको शारजाहस्थित एक कम्पनीमा कार्यरत नेपाली महिलाले मदिरा पिएर झगडा गरेपछि उग्ररुप लिँदै एक महिलाको ज्यान गएको छ ।



    युएईमा रोजगारीका क्रममा रहेकी नुवाकोट घर भएकी सबिना तामाङ्गले मादक पदार्थ पिएर झगडा थालेकी थिइन् । त्यसक्रममा कम्पनीका कार्यरत अन्य नेपाली महिलामाथि चक्कु प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन्।

    विहीबार राति भएको झगडामा चक्कु प्रहारपछि घाइते हुनेमा काठमडौँकी सृजना बराल, ममता चौधरी, सलिना मगर र आशा दर्जी रहेका छन् । उनीहरुई प्रहरीले एम्बुलेन्समार्फत् तत्कालै अल काशिमी अस्पताल लगेको थियो।

    चक्कु प्रहारबाट गम्भीर घाइते भएकी सृजना बरालको सघन उपचार कक्षमा उपचार हुँदा हुँदै मृत्यु भयो । अन्य घाइते ममता चौधरीको अझै उपचार भइहेको छ, उनको अवस्था सुधारोन्मुख । सामान्य घाइते सलिना मगर र आशा दर्जीलाई उपचारपछि डिस्चार्ज गरिएको छ।

    हत्या अभियुक्तलाई के हुन्छ ?

    मादक पदार्थले मातेर चक्कु हान्ने सबिना तामाङ्गलाई उनले प्रयोग गरेको चक्कुसहित प्रहरीले नियन्त्रणमा लिएको छ। युएईको कानुन अनुसार हत्या अभियोगमा दोषी देखिएमा मृतकको परिवारको इच्छाअनुरुप मृत्युदण्ड, मृत्युदण्डको साटो ब्लडमनि अथवा माफी पनि हुन सक्छ।

    यसअघि अन्जानमा दुर्घटनावश अरुको मृत्यु भएको घटनामा देश विदेशका नेपालीले ब्लडमनि संकलन गरेर धेरै नेपालीलाई जेलमुक्त गराएका छन् । तर यो घटना फरक प्रकृतिको भएकाले परिवारले ब्लड मनि माग गरे पनि नेपाली समुदायले सविनालाई सहयोग गर्ने सम्भावना न्युन छ।

    बिशाल अर्याल

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार