निर्मला काण्डका दोषी पक्रन सरकारको ढिलासुस्ती ः उपसभामुख थारु - Butwal Online

३० कार्तिक ,बुटवल ।
प्रदेश नम्बर ५ प्रदेशसभा उपसभामुख कृष्णी थारुले हिंसा न्युनीकरणका लागि विचार र ब्यवहार परिबर्तन गर्नुपर्ने बताएकी छन् ।
‘कार्यान्वयनमा केहि ढिलासुस्ती भएको हो तर ढिलै भएपनि अपराधी पक्राउ पर्नेछन् ।’उनको बिश्वास छ ।


प्रदेश सरकारको संरचना जिरोबाट शुरु भएको भन्दै उनले हिंसा न्युनिकरणका लागि सरकार प्रतिबद्ध भएको उल्लेख गरिन् ।
थारुले हिंसा दबाएर बस्ने बानी सबैले हटाउनुपर्ने बताइन् ।
‘हिजोपनि हिंसा भएको थियो,आज हिंसा बाहिर आउन थाले,कुनै न कुनै हिसाबले महिला हिंसामा नै परे,अब रोक्नुपर्छ,बिचार र ब्यबहार परिबर्तन गरौं ।’
अपराधिलाइ कारबाहि,आर्थिक शशक्तिकरण र दीगो जिबीकोपार्जनको बाटोमा महिलाहरुलाइ अगाडी बढाउनुपर्ने थारुको भनाइ छ ।
महिला हिंसा न्यूनिकरण तथा अबस्थाका सन्दर्भमा रिपोर्टर्स क्लव प्रदेश ५ द्वँरँ आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै थारुले हिंसा न्यूनिकरणका लागि सबैको चासो हुनुपर्ने उनको धारणा छ ।
प्रदेश सभा ५ ले अहिलेसम्म २ वटा अधिबेशनमा १५ बिधेयक प्रमाणीकरण गरेको उनले जानकारी दिइन् । बिभिन्न बिषयगत समितिहरु बनेको बताउदै उनले कानुन बनेपनि कार्यान्वयनको पाटो अझैपनि फितलो रहेको उल्लेख गरिन् ।
पूर्व सांसद तथा संघीय समाजबादी फोरम नेपाल केन्द्रिय सदस्य कमला बिकले निर्मला पन्त बलात्कार र हत्याका दोषिलाइ राज्यले संबेदनशील भएर कारबाहिको दायरामा ल्याउनुपर्ने बताइन् ।


बिकले भनिन्—‘हाम्रो समाजमा हिंसा अन्त्य नै हुनुपर्छ,जिम्मेबार निकायले यस्मा ध्यान दिनुपर्यो।’
तीनै तहका सरकारले घटना हिंसा न्युनिकरणका लागि कानुन निर्माण गर्नुपर्ने बिकको धारणा छ । दोषिलाइ राज्यले उम्काउने प्रयास गरिरहेको भन्दै बिकले दोषि जुन पार्टी र सम्बन्धको भएपनि कारबाहिको दायरामा ल्याउनेपने बताइन् ।
पूर्व सांसद तथा पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष बिनोद पहाडीले मुलुकमा दण्डहिनता मौलाउदै गएको बताए । राज्यसंग धेरै सम्यन्त्र हुदा पनि राज्य दण्डहिनताको बाटोमा अगाडी बढेको भन्दै उनले राज्य नै यस्मा संलग्न रहेको दाबि गरे । मिडिया पनि सतही रुपमा दौडेको भन्दै धेरै बिषयबस्तु लुकेको बताए ।मिडियाले सरकारलाइ खबरदारी गर्नुपर्ने उनको भनाइ छ ।‘अहिले दरबार नहुदा पनि दोषीलाइ कारबाहि गर्न कस्ले रोक्यो ?’ उनको प्रश्न छ ।
अधिबक्ता महेन्द्र पाण्डेले कानुन बलियो भएपनि कार्यान्वयन फितलो भएको बताए । पाण्डेले अहिले बलियो सरकार बनेपनि हिंसा न्युनिकरणमा सरकार फेल भएको धारणा राखे ।


‘अदालती प्रकृया पनि दुधले नुहाएका छैनन्,तर राज्य संयन्त्रपनि यस्मा सहभागि छ,नागरिक बिश्वस्त हुन सकेनन् ।
‘कानुन कागजी बाघ जस्तो भयो’,पढ््ने मात्र होइन कार्यान्वयन हुनुपर्छ’ उनको भनाइ छ ।
इन्सेक रुपन्देही प्रतिनिधि रिमा बिसीले हिंसा न्युनिकरणका लागि सामुहिक प्रतिबद्धता हुनुपर्ने बताइन् । हिंसा गर्दीन र सहन्न भन्ने प्रतिबद्धता चाहिने उनको भनाइ छ । उनले हिंसा बिगतमा पनि हुने तर अहिले बाहिर आउने क्रम बढेको बताइन् । रुपन्देहीमा २ सय भन्दा बढि हिंसा बार्षिक रुपमा हुने र १० भन्दा बढि पुरुष पनि हिंसामा परेको बताइन् । निर्मला पन्त काण्डमा राज्य हरेक तरहले चुकेको उनको धारणा छ ।अपराधलाइ प्रोत्साहित गर्ने काम प्रहरी प्रशासनबाटै भएको बिसिको भनाइ थियो ।
रिपोर्टर्स क्लव प्रदेश ५ का प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रदेश सदस्य कपिल ज्ञवालीले गरेका थिए ।

बिशाल अर्याल

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार