Trending
  • बुटवलमा भोलीदेखि हर्न बजाउन नपाइने - Butwal Online
    बुटवलमा भोलीदेखि हर्न बजाउन नपाइने

    कार्तिक ३०–रुपन्देही–प्रदेश नम्बर पाँचलाई ध्वनी प्रदुषणमुक्त बनाउन ‘नो हर्न’ लागू गरिने भएको छ । ट्राफिक प्रहरीले स्थानीय निकायसँग मिलेर ‘नो हर्न’ अभियान सञ्चालन गर्न लागेको हो । त्यसका लागि भोलि मंसिर १ गतेदेखि बुटबललाई हर्न निषेधित क्षेत्र बनाउन लागिएको छ ।



    सवारी चाप बढेसँगै प्रदेशका मुख्य शहर र चोकमा ध्वनी प्रदुषण बढेसँगै प्रहरीले यस्तो अभियान चलाउन लगेको हो । अभियानअन्तर्गत मङिंसर १ गतेदेखि बुटवलको तल्लो सिद्धबाबादेखि योगीकुटी, बेलबासदेखि धागो कारखानासम्मको क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरेको प्रहरीले जनाएको छ । पहिलो चरणमा नमूनाका रुपमा बुटवल उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको हो।

    बुटवलपछि नेपालगञ्ज र घोराहीलाइ पनि हर्न निषेधित क्षेत्र घोषणा गर्ने तयारी प्रहरीको छ । दाङको तुल्सीपुरलाई यसअघि हर्न निषेधित क्षेत्र घोषणा गरिए पनि व्यावहारिक कार्यान्वयन भएको थिएन। मंसिरको पहिलो साताभर प्रचारप्रसार तथा जनचेतनामूलक अभियान चलाउने र दोस्रो हप्तापछि नियम पालना नगर्नेलाइ कारवाही गरिनेछ ट्राफिक प्रहरीले जनाएको छ।

    बिशाल अर्याल

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार