Trending
  • नेदरल्याण्डसंग विश्व च्याम्पियन फ्रान्स स्तब्ध - Butwal Online
    नेदरल्याण्डसंग विश्व च्याम्पियन फ्रान्स स्तब्ध

    एजेन्सी । युईएफए नेसन्स लिग फुटबलमा नेदरल्याण्डले विश्वकप विजेता फ्रान्सलाई पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा नेदरल्याण्डले फ्रान्सलाई २-० ले हराएको हो ।



    घरेलु मैदानमा नेदरल्याण्डलाई जित दिलाउन जर्जिनियो विज्नाल्डम र मेम्फिस डिपेले एक एक गोल गरे ।
    पहलो हाफको ४४ औं मिनेटमा विज्नाल्डमको गोलबाट नेदरल्याण्डले अग्रता बनाएको थियो । त्यसपछि खेलको इन्जुरी समयमा पाएको पेनाल्टीमा डिपेले गोल गर्दै नेदरल्याण्डलाई २-० को जित दिलाए ।

    घरेलु टोलीविरुद्ध फ्रान्सले गोल गर्ने मौका पाए पनि सदुपयोग गर्न सकेनन् ।

    यो जितसंगै समूह ए लिग १ को नेदरल्याण्डले ३ खेलबाट ६ अंक जोडेको छ । नेदरल्याण्ड दोस्रो स्थानमा छ । फ्रान्स ४ खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा छ ।यस समूहमा १ अंक जोडेको जर्मनी पुछारमा छ । नेदरल्याण्डको जितसंगै जर्मनी रेलिगेसनमा परेको छ ।

    बिशाल अर्याल

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार