बटौली, २ मंसिर । रुपन्देहीको तिलोत्तमामा जारी तिलोत्तमा प्रिमियम क्रिकेट लिग (टिपिएल) सिज २ मा आईतबार भएको खेलमा लुम्बिनी कसाई र बुटवल डाईनामाईट्स विजयी भएका छन् ।

तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदानमा भएको पहिलो खेलमा लुम्बिनी कसाई ५ विकेटले विजयी भयो । टस जितेर हारेर पहिले फिल्डीङ रोजेको ज्ञानोदय गोल्डसले १ सय २२ रनको योगफल तयार पारेको थियो । पुरा २० ओभर खेल्दै ९ विकेटको क्षतीमा ज्ञानोदयले १ सय २२ रन बनाएको हो ।

ज्ञानोदयका सुनिल धमलाले ३१ त्था आनन्द गडले २२ रनको योगदान गरेका थिए । १ सय २३ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी कसाईले मात्र १७ दशमलव २ ओभरमा मात्र ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । लुम्बिनीका सुनमन पाण्डेले नट आउट ५५ रन बनाए भने सुनिल धमलाले २५ रन बनाएका थिए । ज्ञानोदयका जितेन्द्र साहमी र सुनिल धमलाले समान २,२ विकेट प्राप्त गरे भने लुम्बिनीका प्रदीप जैसवालले ४ तथा दुर्गेश कुर्मीले २ विकेट हात पार्न सफल भएका थिए । ४ विकेट हात पारेका लुम्बिनीका प्रदीप जैसवाल म्यान अफ दी म्याच घोषित भए ।
त्यस्तै दोस्रो खेलमा बुटवल डाईनामाईट्स ५ विकेटले विजयी भएको छ । टस जितेर व्याटिङ गरेको एसआर एनसीएसए टाईर्गस बुटवलले सवै ओभर खेल्दै ७ विकेटको क्षतिमा मात्र १ सय ४१ रन बनाएको थियो । १ सय ४२ रनको विजय लक्ष्यका साथ जवाफी व्याटिङ गरेको बुटवल डाईनामाईट्सले १८ दशमलव ५ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

बुटवल डाईनामाईट्स ५ विकेटले विजयी भएको हो । एसआर एनसीएसए टाईर्गसका शंकर रानाले ४३ तथा अर्जुन गिरीले नट आउट ३० रन बनाएपनि टिमलाई जित दिलाउन सकेनन् । एसआरकै दुर्गैश गुप्ताले बुटवल डाईनामाईट्स विरुद्ध २ विकेट हात पारे । बुटवल डाईनामाईट्सका मिर्नाल गुरुङले ५५ तथा सौरव खनाले ४३ रन बनाए भने विकाश श्रेष्ठ र हार्दिक सिंहले समान २,२ विकेट प्राप्त गरे । ५५ रन बनाएका मिर्नाल गुरुङ म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगिताको बिजेताले नगद ३ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै उपबिजेताले १ लाख ५० हजार सहति ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगितामा म्यान अफ द सिरिज, बेष्ट ब्याट्सम्यान, बेष्ट वलर, फेयर प्ले अवार्ड, ईमर्जिङ प्लेयर, फास्टेष्ट ५०, फास्टेष्ट १०० लगायतका बिधामा पनि आकर्शक पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता मंसिर ८ गते सम्म चल्नेछ ।
प्रतियोगिता अन्तर्गत सोमबार पहिलो खेलमा आरसिवी र लुम्बिनी कसाई तथा दोस्रो खेलमा मुसी वारिर्यस र बुटवल डाईनामाईट्ससंग प्रतिस्प्रर्धा हुनेछ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार