टिपिएल २
बटौली, ३ मंसिर । रुपन्देहीको तिलोत्तमामा जारी तिलोत्तमा प्रिमियम क्रिकेट लिग (टिपिएल) सिज २ अन्तर्गत सोमबार भएको खेलमा लुम्बिनी कसाई र मुसी वारिर्यस विजयी भएका छन् ।

तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदानमा भएको पहिलो खेलमा लुम्बिनी कसाई ५ विकेटले विजयी भयो । टस हारेर पहिले फिल्डीङ गरेको आरसिवीले निर्धारित २० ओभरको समाप्तीमा ७ विकेट गुमाउँदै मात्र १ सय ४५ रन बनाउ सफल भयो । १ सय ४६ रनको विजय लक्ष्यका साथ जवाफ व्याटिङमा उत्रेको लुम्बिनीले १८ दशमवल ४ ओभरमा मात्र ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो र लुम्निबी ५ विकेटले विजयी भयो । आरसिविका लागि सोनु तामाङले ६१ त्था सुसान्त थापाले २९ रन बनाएपनि टिमका लागि जित दिलाउन सकेनन् । लुम्बिनीका कुशल मल्ले ५७ रन तथा राजु शाहनीले ३६ रन बनाउन सफल भए । आरसिविका एमद हुसेनले टिमका लागि २ विकेट हात पार्दा लुम्बिनीका रुपेश कुर्मीले ६ विकेट हात पारे । ६ विकेट हात पारेका कुर्मी प्रतियोगिताको म्यान अफदी म्याच घोषित भए ।
त्यस्तै दोस्रो खेलमा मुसी वारिर्यस ४६ रनले विजयी भएको छ । टस हारेर पहिले फिल्डीङ गरेको मुसि वारिर्यसले १९ दशमवल २२ ओभरमा १० विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो । जवाफी व्याटिङमा उत्रेको बुटवल डाईनामाईट्सले सवै ओभर खेल्दै ९ विकेटको क्षतिमा मात्र १ सय ७ रन बनायो । र मुसी वारिर्यस ४६ रनले विजयी भयो ।

मुसी वारिर्यसका दिपेन्द्र सिंह ऐरीले ३५ बलमा ७० रन बनाउँदै महत्वपुर्ण स्कोर बनाएका थिए । सरोज पौडेलले २० रन जोड्दै पेभोलियम फर्के । मुसीकै कुशल भुर्तेलले कोसिलो बालिङ गर्दै टिमका लागि महत्वपुर्ण ४ विकेट हात परेका थिए । यता बुटवल डाईनामाईट्सका प्रज्वल थापाले ३६ रन बनाएपनि बाँकी व्याट्समेन सस्तैमा समेट्दा पराजित भयो । बुटवल डाईनामाईट्सका अभिषेक गौतमले ३ दशमलव २ ओभर बलिङ गर्दै १७ रन खर्चेर ४ विकेट तथा साहव आलमले ४ विकेट हात पारे । ७० रन बनाएका मुसी वारिर्यसका दिपेन्द्रसिंह ऐरी म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगिताको बिजेताले नगद ३ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै उपबिजेताले १ लाख ५० हजार सहति ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगितामा म्यान अफ द सिरिज, बेष्ट ब्याट्सम्यान, बेष्ट वलर, फेयर प्ले अवार्ड, ईमर्जिङ प्लेयर, फास्टेष्ट ५०, फास्टेष्ट १०० लगायतका बिधामा पनि आकर्शक पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता मंसिर ८ गते सम्म चल्नेछ ।
प्रतियोगिता अन्तर्गत मंगलबार पहिलो खेलमा ज्ञानोदय गोल्ड र रोयल शंकरनगर तथा दोस्रो खेलमा मणिग्राम किङगस र एसआरएनसिएसए टाइगर्सका बीच हुनेछ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार