बुटवललाई उज्यालो शहर बनाउने अभियान सुरु

बुटवल, ३ मंसिर । बुटवल उपमहानगर पालिका बुटवललाई उज्यालो शहर बनाउने अभियान अन्तर्गत उपमहानगर पालिकाका विभिन्न स्थानमा विद्युत लाईन विस्तार तथा सोलार बत्ती जडान कार्य सुरु गरेको छ ।


उप महानगरपालिकाले उज्यालो शहर अभियान अन्तर्गत विद्युत प्राधिकरण कार्यालयको सहकार्यमा सेमलार, मोतिपुर, तामनगर, नयाँगाउँ लगायत स्थानमा करिब ४ हजार मिटर विद्युत पोल तथा लाइन विस्तार गरेको छ । “विद्युतको विस्तार संगै हामी सोलार बत्ती जडान कार्यमा लागेका छौ” उप महानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले भने–“ ८ वटा ट््रान्सर्फमर पनि तामनगर, सेमलार स्थानमा जडान गरिसक्यौ ।”


त्यस्तै उप–महानगरपालिकाका विभिन्न स्थानमा १ सय ५६ सौर्य सडक बत्ति जडान र ५५ वटा मर्मत गर्ने काम सम्पन्न भएको उनले बताए । पछिल्लो समय सार्वजनिक निजि साझेदारीमा हाइवेका विभिन्न स्थानमा ९ थान सोलार जडित यात्रु प्रतिक्षालय, ६ वटा ट््राफिक आईल्याण्ड र राजमार्ग चौराह देखी पुष्पलाल पार्क हुदैं तिनाउ पुल सम्मको हाइवेमा करिब सय वटा सोलार जडान गर्ने यस अघि नै भएको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार