रुपन्देहीमा बोक्सीको आरोपमा ५ जना पक्राउ

बुटवल, ४ मंसिर । पूर्ण साक्षर घोषणा गरिएको रुपन्देहीमा अन्धविश्वास कुरीतिकै कारण बोक्सीको आरोपमा ५ जना पक्राउ परेका छन् ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर –४ मा एकै परिवारका ३ जनालाई ईलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो ।

पक्राउ पछि उनीहरुलाई मुद्धा समेत चलाइएको छ । घरमा छोरी बिरामी भएको भन्दै छिमेकीलाई बोलाएर छोरीलाई बोक्सी लागेर बिरामी गराएको भन्दै कुटपिट गरेका उनीहरूलाई पक्राउ ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिल बहादुर मल्ले बताए ।
पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका–४ का टिकाराम आचार्य, कमला आचार्य र प्रतिज्ञा आचार्य रहेका छन् ।

घरमा छोरी बिरामी भैरहने र छिमेकमा रहेका २ जना महिलालाई बोलाएर एकाएक बोक्सी को अरोप लगाएको आरोपमा उनीहरू पक्राउ गरिएको प्रहरीको दावी छ । पीडित महिलालाई कुटपिट गरेपछि घटना बाहिर आएको र कुटपिट गर्ने परिवारका ३ जनालाई तत्काल पक्राउ गरी मुद्दा दायर गरिएको हो ।
रूपन्देहीकै सैनामैना नगरपालिका– १ बाट पनि सोही आरोपमा २ जनालाई पक्राउ गरेको छ । घरमा परीवार कोही बिरामी भए छिमेकीलाई बोक्सी लाएर हो भन्दै हातपात गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सैनामैना नगरपालिका १ बस्ने खेतु मल्लाहा, प्रकाश मल्लाहा रहेका छन् । बोक्सी आरोपमा पक्राउ परेका ५ जनालाई बोक्सी आरोप अन्तर्गत जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरी थप अनुसन्धान भैरहेको छ । बोक्सी आरोप ठहर भए ५ बर्ष कैद ५० हजार सम्म जरीवाना हुने कानुनी प्राबधान रहेको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार