बुटवल उपमहानगरलाई यसै बर्ष उज्यालो नगर घोषणा गरिने - Butwal Online
बुटवल उपमहानगरलाई यसै बर्ष उज्यालो नगर घोषणा गरिने

बुटवल, ५ मंसिर । बुटवल उपमहानगरलाई यसै बर्ष उज्यालो नगर घोषणा गरिने भएको छ । उपमहानगरका हरेक क्षेत्रमा विद्युत विस्तार तथा शहरी क्षेत्रमा सडक बत्ती विस्तार गरी उज्यालो नगर घोषणा गरिने भएको हो ।


उज्यालो नगर घोषणका लागि विद्युत विस्तारमा तिब्रता दिइएको छ । उपमहानगरमा गाभिएका तत्कालीन सेमलार र मोतिपुर गाविसका भित्री बस्तीहरुमा विद्युतको पहुच पुग्न सकेको छैन् । गएको आर्थिक बर्ष देखि त्यी बस्तीमा उप महानगरपालिकाले विद्युत विस्तार सुरु गरेको छ । अहिले नगरभित्रका रहेका घरमा विद्युत र चोकमा सडक बत्ती राख्ने योजना सहित काम भइरहेको छ । बुटवललाई स्मार्ट नगरका रुपमा विकास गर्ने योजना बनाएको बुटवल उप महानगरपालिकाले उज्यालो नगर घोषणा पहिलो चरणमा गर्न लागेको हो । “हामीले विद्युत विस्तार संगै सोलार बत्ती जडानको काम जारी राखेका छौ ।” बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले भने ।
कतिपय स्थानमा विद्युत भएपनि कम भोल्टेजका कारण सुविधा बढि नपाएको भन्दै उनले हाई भोल्टेज सहितको विद्युत उपलब्ध गराउने गरी काम भइरहेको बताए ।
उपमहानगरपालिकाले उज्यालो शहरका लागि चालु आर्थिक बर्षमा १ करोड १० लाख रुपैया समेत बजेट छुटटाएको छ । जस अनुसार विद्युत प्राधिकरणको सहकार्यमा समेमलार, मोतिपुर, तामनगर, नयाँगाउँ लगाएका क्षेत्रमा ४ हजार मिटर लाईन विस्तार गरिएको छ । त्यी क्षेत्रमा भइआएको कम विद्युत भोल्टेजको समस्या समधानका लागि नगरपालिकाले विद्युत विस्तार गरेको हो ।

 

त्यसका लागि आठ स्थानमा ट्रान्सफर्मर जडान समेत भएका छन् । उज्यालो शहर अभियान अन्तर्गत बुटवल उपमहानगरका विभिन्न स्थानमा १ सय ५५ वटा सौर्यबत्ती समेत जडान गरिएको छ ।
“सवै घरमा विद्युत पुराएर बुटवल उपमहानगरपालिकालाई टुकि मुक्त बनाउने अभियानमा छौ” बुटवल उपमहानगरपालिकाका प्रबक्ता रामप्रसाद रेग्मीले भने ।
उप महानगरपालिकाले सार्वजनिक निजी साझेदारी अन्तर्गत मुख्य राजमार्गका विभिन्न स्थानमा ९ स्थानमा सोलार जडित प्रतिक्षालय समेत निर्माण गरेको छ । सडकमा ६ वटा ट्राफिक आईल्याण्ड बनेका छन् भने राजमार्ग चौराह देखि पुष्पलाल पार्क हुँदै तिनाउ पुल सम्मको मुख्य सडकमा १ सय सोलार जडान गरिएको छ । चालु आर्थिक बर्षमा गोलपार्क सम्म उक्त सोलार बत्ती राखिने छन् । यी सोलारबाट नगरपालिलाई आम्दानी र उज्यालो दुवै हुने बताइएको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार