पाल्पाको सत्यवती बजै सँग चिच्चाएर वर माग्ने दिन आज देखि सुरु - Butwal Online

बुटवल मंसिर ५, ।  पाल्पाको सत्यवती ताल परिसरमा आज देखि तीन दिने मेला सुरु भएको छ । सत्यवती बजै कान नसुन्ने बहिरी भएकाले चिच्चाएर वर माग्नु परेको बुढापाकाको भनाई रहेको छ । सत्यवती बजैसँग चिच्चाएर मागेको वर पुरा हुने भन्दै निकै टाढाटाढाबाट भक्तजन मन्दिरमा आउने गर्दछन । सत्यवती बजैसँग रातमा मात्र  चिच्चाएर वर माग्ने प्रचलनलाई आजकल दिउँसोमा पनि माग्ने गरिएको छ ।

सत्यवती मन्दिरको किनारमा रहेकाको ताल भक्तजनले तालको वरीपरी घुम्दै चिच्याएर वर माग्ने गर्दछन् । सत्यवती मन्दिर नजिकै तालमा कात्तिक शुल्क चर्तुदर्शीको दिन सत्यवती बजैलाई सम्झेर बासको लिङ्गो गाडी चिच्चाएर वर माग्ने र अर्काे दिन बिहान उज्यालो नहुदै पूर्णिमाका दिन गाडेको लिङ्गो उठाएर घरमा ल्याउने प्रचालन रहँदै आएको छ ।

चिच्चाएर वर माग्ने र मागेको वर पूरा भएको जनविश्वासका आधारमा मेला भर्न मुलुकका विभिन्न भागका साथै भारतबाटसमेत दर्शनार्थीहरु सहभागि हुने गर्दछन् । मनोकांँक्षा पुग्ने विश्वासले सत्यवती तालमा वर माग्ने र भाकल अनुसार पूजा दिने चलन छ । बांँस वा पातीको लिङ्गो लिएर जाने, त्यसलाई बोकेरै चिच्चाउँदै तालको वरीपरी तीन पटक घुमेर वर माग्ने गरिन्छ ।

मन्दिरमा चिच्याएर वर माग्न पाल्पा, गुल्मी, अर्घाखाची, कपिलवस्तु, नवलपरासी, कास्की, चितवन, दाङ, पर्वत बाग्लुङ, म्याग्दीका साथै भारतको गोरखपुर, लखनउलगायतका क्षेत्रबाट भक्तजनको ओइरो नै लागेको थियो । सिद्धार्थ राजमार्ग तानसेन बुटवल सडक खण्डको झुम्सा पानीमिलबाट करिब एक घण्टाको उकालो पैदल दूरी पारगरी सत्यवती मन्दिरमा पुग्न सकिन्छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार