बुटवल, ७ मंसिर । रुपन्देहीको देवदह नगरपालिका भलुहीमा ६ जना युवा उद्यमीहरुको लगानीमा च्याउ फार्म सञ्चालनमा आएको छ । बर्ष भरी नै च्याउ खेती गरी रुपन्देही जिल्लालाई मात्रै आत्मनिर्भर नवनाई भारत सम्म निर्यात गर्ने लक्ष्य सहित युवाहरुले व्यवसायीक च्याउ खेती सुरु गरेका हुन ।


५÷६ बर्ष देखि नै च्याउको खेती, बजारीकरण गर्दै आएका ६ जना युवा उद्यमीहरुले रुपन्देहीको देवदहमा व्यवसायीक रुपमा सवल च्याउ तथा कृषि उद्यमी समुह दर्ता गरी च्याउ उत्पादन कार्य सुरुवात गरेका छन् । युवाहरुले देवदह बाहेक बुटवल नयाँगाउ र अर्घाखाँची सितगंगा नगरपालिकामा पनि व्यवसायीक च्याउ खेती गर्दै आएका छन् । युवा उद्यमीहरु कृष्णराज पोखरेल, ऋषव पोखरेल, शोभा पोखरेल, राज कुमार कहार, जीवलाल न्यौपाने, विष्णु वल्लभ न्यौपाने, रेणखर खनाल को उक्त फर्ममा लगानी रहेको छ । १२ कठ्ठा क्षेत्रफलमा फैलिएको उनीहरुको फर्मले प्रति बर्ष १ लाख रुपैयाँ जग्गाको भाडा बुझाउने गरी सम्झौता गरेको गरेर च्याउ खेती सुरु गरेको सवल च्याउ तथा कृषि उद्यमी समुहका अध्यक्ष कृष्णराज पोखरेलले बताए ।


हाल सम्म कुल १२ लाख लगानी गरेका उनीहरुले बर्षभरी नै च्याउ उत्पादन गर्ने लक्ष्य लिएका छन् । १२ लाख कुल लगानी भएको फर्ममा ७ लाख रुपैयाँ युवा तथा साना व्यवसायी स्वरोजगार कोष मार्फत बुटवलमा रहेको श्री शशक्त बचत तथा ऋण सहकारी संस्थाले लगानी गरेको छ । सहकारीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले युवा उद्यमीहरुको जोस र जागरको कारण आफुहरुले लगानी गरको उनले बताउछन् ।
अहिले फर्ममा करिव ६ सय ५० भन्दा बढि च्याउका वल्भ रहेका छन् । जसले उत्पादन दिन सुरु गरेको छ । हाल दैनिक डेढ क्विन्टल सम्म उत्पादन हुदै गएको समुहको भनाई छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार