सहबान अन्सारी

नवलपरासीको सुस्ता गाऊपालिका वडा नं. ५ ठाढी घाटको मेला आज सम्पन्न भएको छ।
मेलाको मुख्य आकर्षको केन्द्र बिन्दु रहेको बिराट दंगल कुश्ती प्रतियोगीताको प्रथम ऊपाधी लागी लगातार २ बर्ष देखीको प्रतिष्पर्धामा स्पष्ट जित हुन नसेको हुदाँ आज पुन: प्रथम उपाधीको लागी मन्जेश कुशवाहा देवतहा,कुशीनगर र नागेन्द्र यादव गोरखपुर बिच प्रतिष्पर्धा भएको थियो ।


उक्त प्रतिष्पर्धामा यादवलाई पराजय गरी मन्जेस कुशवाहा प्रथम स्थान हासील गरेका थिए ।
त्यस्तै दितृिय बिजेता लागी तुफानी यादव देवतहा कुशीनगर
र तितृय बिजेता पवन पहलवान हाटा कुशीनगर का ले हाथ पारेका थिए।
बिराट कुश्ती दंगल प्रतियोगीतामा कुल ३३जोडी प्रतिष्पर्धा गरेका थिए।
प्रतियोगिताको उद्घाटन नवलपरासी( बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं१ (ख)का प्रदेश सभा सदस्य अजय बहादुर शाहीले गर्नु भएको थियो।
उद्घाटन क्रममा बोल्दै शाहीले आउने दिनमा मेलालाई भब्य बनाउनको लागी आफु सदैव तयार रहेको बताउनु भयो।
सो अवसरमा जिल्ला समन्वय समितिका अध्यक्ष शिव शंकर राय, सुस्ता गाऊपालिका प्रमुख राम प्रसाद पाण्डे, धरमेन्द्र जायसवाल मेलाका सहसंयोजक ओम प्रकाश तिवारी, लिल बहादुर बिक, लागायतको उपस्थिती रहेको थियो।
एतिहासिक एवं पर्यटकिय क्षेत्र नारायणी नदिको किनारमा हरेक साल कार्तिक पुर्णिमाका दिन लाग्दै आएको मेलामा नेपाल र भारत बाट करिब ५० हजारभन्दा बढि श्रद्धालुभक्तहरु दर्शन गर्न आएको मेला ब्यवस्थापन समितिले दावी गरेको छ ।
नारायणी नदिमा स्नान र स्नान पश्चात त्याहा निर्माण शिव मन्दिरमा पुजा गरेपछि मनोकामना पुरा हुने विश्वास गरिएको छ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार