चीनको वाणिज्य दूतावासमा बम पड्काउने ‘मास्टर प्लान’ भारतमा बनेको खुलासा : अब के गर्ला चीनले ? - Butwal Online

बिबिसी, मंसिर १०
चिनियाँ वाणिज्य–दूतावासमा भएको उग्रवादी हमलामा ‘भारतीय सम्बन्ध’ रहेको पाकिस्तानी पत्रिकाहरुले जनाएका छन् । बलूचिस्तान प्रदेशका गृहमन्त्री सलिम खोसाले घटना भारतले गराएको हो भन्ने आरोप लगाएका छन् ।

पाकिस्तानी समाचारपत्र जंगका अनुसार गृहमन्त्री खोसाले चिनियाँ वाणिज्य–दूतावासमा भएको हमलाको मास्टरमाइन्ड असलम अच्छु भारतमा रहेको बताए ।

मन्त्री खोसाले पहिले नै असलम अच्छुको निधन भएको भन्ने खबर आएको भए पनि त्यो खबर गलत भएको र असलम अच्छु भारतको एक अस्पतालमा उपचार गराइरहेको उनले बताए ।

पाकिस्तानको ‘काउन्टर टेरोरिजम डिपार्टमेन्ट (सीटीडी)का अध्यक्ष राजा उमर खत्ताबले वाणिज्य–दूतावासमाथि गरिएको हमलामा सी–४ प्लाष्टिकको प्रयोग गरिएको र यो प्लाष्टिक पाकिस्तानमा नपाइने बताए ।

गएको नोभेम्बर २३ मा पाकिस्तानको प्रमुख सहर कराँचीमा चिनियाँ वाणिज्य–दूतावासमा उग्रवादी हमला भएको थियो । हमलामा तीन आक्रमणकारी समेत कुल ७ जना मारिएका थिए । मारिनेमा दुई सर्वसाधरण थिए भने बाँकी सुरक्षाकर्मी थिए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार