बुटवल, ११ मंसिर ।
नेपाल आईडल सिजन २ मा प्रतिस्पर्धा गरेका रुपन्देही सैनामैना ४ मुर्गियाका अमित बराललाई नेपाल आईडल बनाउन अमित बराल जिताऔ अभियान सुरु हुँदै छन् ।

एपीवान टेलिभिजनबाट प्रसारण हुने नेपाल आईडल सिजन २ का प्रतिस्पर्धी बरालको ‘भोटिङ’ प्रचारका लागि विभिन्न संघ संस्थाको आयोजनामा आज देखी अमित बराल जिताऔ अभियान सुरु हुन लागेका हुन् ।
२४ वर्षीय अमित बरालको प्रचारका लागि लायन्स क्लब अफ सैनामैना,लायन्स क्लव अफ मलमला,लायन्स क्लव अफ सालझण्डी,रोटरी क्लब अफ सैनामैना ,सैनामैना जेसिज , लियो क्लव अफ सैनामैना र रोट्रयाक्ट क्लव अफ सैनामैना जुटेका छन् । नेपाल आईडलको टप ‘सिक्स’मा पुग्न सफल बराललाई जिताउन आज सैनामैनामा अमित बरालको जिबनी र उनको नेपाल आइडलको हाल सम्मको यात्रा सम्मिलित सानो बृतचित्र प्रदर्शन गरिने भएको छ ।
सामान्य परिवारमा जन्मिएका बराललाई नेपाल आईडल बनाउन सैनामैना २ कालिकाचोकमा रहेको ग्लोबल पार्टी प्यालेसमा बरालको सहयोगार्थ स्वरुप यस क्षेत्रका संघ संस्थाका प्रमुखहरू, राजनैतिक दल , समाजसेवी , ब्यवसायी तथा शैक्षिक ब्यक्तिवहरूसंग छलफल कार्यक्रमको समेत आयोजना गरिएको लायन्स क्लव अफ सैनामैनाका अध्यक्ष एवं अमित बराल जिताऔ अभियानकर्ता चित्र बहादुर केसीले जानकारी दिनुभयो । उक्त कार्यक्रममा सबैलाई उपस्थिति हुन के.सी ले आग्रह गर्नुभएको छ । कार्यक्रम दिउँसो १ बजे हुनेछ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार