बुटवल, ११ मंसिर । बुटवलमा रहेका यातायात व्यवस्था कार्यालय सवारी, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र र यातायात भौतिक पूर्वाधार निर्देशनालय तिलोत्तमामा सर्ने भएका छन् ।


प्रदेश पांचको मन्त्रीस्तरीय बैठकले बुटवलमा रहेका तिनवटै कार्यालय तिलोत्तमा नगरपालिकाको मणिग्राममा सार्ने निर्णय गरेको हो ।
मन्त्रीस्तरीय बैठकले कार्यालय सार्ने निर्णय गरेसंगै गत सोमबार तिनवटै कार्यालयलाई परिपत्र गरिएको थियो । प्रदेश सरकारको निर्णय अनुसार कार्यालय सार्नका लागि तयारी गरिएको यातायात व्यवस्था कार्यालय सवारीका निमित्ति कार्यालय प्रमुख मुक्तिप्रसाद पाण्डेले जानकारी गराएका छन् । तर प्रदेश नम्बर पांचको मन्त्रीस्तीय बैठकले कार्यालयहरु सार्ने निर्णयको स्थानीयले विरोध गरेका छन् ।

बुटवलका स्थानीय सर्वसाधारण जनता र बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का जनप्रतिनिधिले कार्यालय सार्ने निर्णयको विरोध गरेका हुन् ।
रुपन्देहीबाहेक गुल्मी, अर्घाखांची, कपिलवस्तु, पाल्पा, नवलपरासी लगायतका जिल्लाबाट आउने सेवाग्राहीलाई पायक पर्ने ठाउंबाट कार्यालयहरु सार्न नहुने स्थानीयले बताएका छन् । वडा नम्बर ८ की वडासदस्य गोमा ज्ञवालीले जनप्रतिनिधिहरुलाई जानकारी नगराई कार्यालयहरु सार्न लागिएकाले बिरोध गर्नुपरेको बताइन ।
प्रदेश सरकारको मन्त्रीस्तरीय बैठकले कार्यालयहरु सार्ने निर्णय अनुसार आईतबार भौतिक पूर्वाधार विकास मन्त्रालयका उपसचिव, ईन्जिनियर र यातायात व्यवस्था कार्यालय सवारीका निमित्ति कार्यालय प्रमुख मुक्तिप्रसाद पाण्डे सहितको टोलीले स्थान अवलोकन गरेको छ । तिलोत्तमा नगरपालिकाको मणिग्रामस्थित राममणी क्याम्पसको विज्ञान भवनमा कार्यालय सार्ने निश्चित भइसकेको र आइतवार बोर्ड समेत राखिएको बताइएको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार