बुटवल, १२ मंसिर । प्रदेश नं. ५ प्रदेश सभाको बैठक बस्ने मिति अझै अनिश्चित भएको छ । साउन २६ पछि स्थगित भएको प्रदेशसभाको बैठक कहिले बस्ने अझै टुंगो छैन् । विजनेश नपाएर स्थगित भएको बैठक मंसिरको अन्तिम साता बाट सूरु हुने अनुमान गरिएको छ ।

अहिले प्रदेश सभामा सभामुख बस्ने कुर्ची, टेवल परिर्वतन गराइएको छ भने प्रदेश सांसदका लागि एकै प्रकारका टेवलहरु राख्ने काम भइरहेको छ । बैठक नहुँदा फुर्सदिला बनेका सांसदहरु औपचारिक कार्यक्रममा व्यस्त बनेका छन् । बैठक सुरु हुन साथ संसदमा विजनेशको चाङ लाग्नेछ । सरकारले १७ विधेयक तयार गरेर प्रदेशसभा सचिवालयमा दर्ता गर्न मन्त्रिपरिषद्बाट स्वीकृत गराएर पठाएको छ । तर अहिलेसम्म प्रदेश सभामा दर्ता गरेको छैन ।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सरकार विधेयक दर्ताका प्रक्रिया पूरा गर्ने क्रममै रहेकाले अर्को साता मिति तय हुने सम्भावना रहेको बताए । प्रदेशसभा बैठक लामो समय अन्योलमा नराख्न प्रतिपक्ष दल कांग्रेसले पटक–पटक आग्रह गर्दै आएको छ । विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले बैठक राख्न आग्रह गरे पनि सत्ता पक्षले पटक्कै सुनुवाइ नगरेको बताए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार