बुटवल उपमहानगरले बनायो थप चार कानून

–बजार अनुगमन निर्देशिकासहित निर्माण व्यवसायीलाई इजाजत कार्यविधि

–हालसम्म ३४ कानून तयार

बुटवल, मंसिर १३ । बुटवल उपमहानगरपालिकाले थप चार कानून बनाएको छ । नगरकार्यपालिकाको हालै बसेको बैठकले नियमावली, कार्यविधि र निर्देशिकाहरु तयार पारेको थियो । यी सबै कानूनहरु राजपत्रमा प्रकाशित भएका छन् ।


राजपत्रमा प्रकासित यी सबै कानूनहरुलाई उपमहानगरले प्रदेश सरकारको आन्तरिक मामलिा तथा कानून मन्त्रालयमासमेत पठाएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताउनुभयो । यो संगै बुटवल उपमहानगरपालिकाले नियमावली, कार्यविधि र निर्देशिकाहरु गरी ३४ वटा कानूनहरु निर्माण गरेको प्रमुख सुवेदीले बताउनुभयो ।


बुटवलको नगरकार्यपालिकाले स्थानीय बजार व्यबस्थापन तथा अनुगमन निर्देशिका–२०७५, नगर शिक्षा नियमावली–२०७५, सहकारी संस्थामा धान बाली धितो भण्डारण गरी ऋण दिने सम्बन्धी कार्यविधि–२०७५ र ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजत सम्बन्धी कार्यविधि–२०७४ मासथ (प्रथम संशोधन २०७५ ) प्रमाणिकरण गरेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले जानकारी दिनुभयो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार