बुटवल, १३ मंसिर । मंसिर १५ गते देखि बुटवलमा प्रथम स्मृतीकप अन्तरविद्यालय नकआउट फुटवल प्रतियोगिता हुने भएको छ । आयोजक स्मृती स्पोर्टस् क्वलले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता तयारी पुरा भएको जानाकारी दिएको छ ।

बुटवल ११ स्थित एन्फा एकेडेमीमा हुने प्रतियोगिता २९ गते सम्म हुनेछ । क्लवका अध्यक्ष महेश खनालले विद्यालय बाट खेलको विकास गर्ने उद्देश्यले पहिलो पटक छात्र फुटवल प्रतियोगिताको आयोजना गरिएको बताए । संस्थागत र सामुदायिक विद्यालय गरी प्रतियोगितामा २६ विद्यालयको सहभागिता हुनेछ । प्रतियोगितामा प्रथम हुनेले नगद ५१ ह्जार तथा द्धितियले नगद २५ हजार रुपैया प्राप्त गर्नेछन् । उत्कृष्ट पाँच विदामा समेत खेलाडिलाई पुरस्कृत गरिने आयोजकले बताएको छ ।

दैनिक दुई खेल हुने प्रतियोगितामा ७ लाखको खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको मंसिर १५ गते दिउसो २ बजे सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा सल्लाहकार हरी ज्ञवाली, तुल्सी सापकोटा लगाएतले बोलेका थिए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार