बुटवल, १४ मंसिर । २१ औ विश्व एड्स दिवसको अवसरमा बुटवलमा सचेतना ¥याली तथा निशुल्क स्वास्थ्य परिक्षण हुने भएको छ ।
भोली ३१ औं विश्व एडस दिवस ‘एचआइभी जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं’ भन्ने नारा सहित नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदै छ ।

भोली आस्था समूह, बुटवल एएचएफ नेपाल, स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर पाँचले विभिन्न सचेतनामूलक कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।
आस्था समूह बुटवलका अध्यक्ष केशव पुन मगरले शनिबार दिनभर बुटवलमा कार्यक्रम गरी दिवस मनाइने बताए । बिहान ९ बजे ट्राफिकचोकमा निःशुल्क एचआइभी परीक्षण, दिउसो दुई बजेदेखि राजमार्ग चौराहाबाट ट्राफिकचोकसम्म ¥याली आयोजना गरिएको पुनले जानकारी दिए । कार्यक्रममा सामाजिक विकास मन्त्री शुदर्शन बरालले संवोधन गर्नेछन । ४ बजे सचेतनामूलक नाटक र नृत्यु प्रदर्शन र ९ बजेट समापन गरिने समूहले जनाएको छ ।
रूपन्देहीमा २ हजार २ सय एचआइभी संक्रमित रहेको एएचएफ नेपालले जनाएको छ । एएएचएफ नेपालका धर्मराज भट्टराईले जसमध्ये ७ सय ९७ जनाले नियमित औषधि खाइरहेका बताए । अहिले लुम्बिनी अञ्चल अस्पताल बुटवलमा १ हजार १ सय ४६ जनाले नियमित रुपमा एआरटीको औषधि सेवन गर्दै आएका छन् ।

सन् २००८ यता रूपन्देही मात्रै एचआइभीको संक्रमणबाट ३ सय ९ जनाको मृत्यु भएको छ । लाज, डर र अफ्टयारो मनेर मानिसहरु समयमै एचआइभी संक्रमितहरु समयमै चेकजाँच गराउन जादैनन । जसका कारण अन्तिम रोगले ग्रस्त बनाएपछि जाँदा उनीहरुको औषधिले पनि काम गर्दैन । जसले गर्दा मृत्यु हुन्छ । एचआइभीको औषधि सरकारले निःशुल्क वितरण गर्दै आएको छ ।
सन् २०२० सम्म संक्रमित दर ९० प्रतिशत कम पार्ने र अर्को एक दशकमा शून्यमा झार्ने विश्वव्यापी लक्ष्य छ । हाल विश्वभर करिब ३ करोड संक्रमित रहेको तथ्यांक छ । नेपालमा भने ३१ हजार संक्रमित छन् ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार