मुस्लिम धर्माबल्बीहरुको मदरथान जिर्ण बन्दै

बुटवल, १४ मंसिर । बुटवलमा पर्यटकीय गन्तव्य बन्दै गएको मणिमुकुन्द सेन उद्यान फुलबारी देखि केही माथि रहेको मुस्लिम धर्माबल्बीहरुको मदरथान जिर्ण बन्दै गएको छ ।

पर्यटकीय दृष्टिकोणबाट पनि महत्वपुर्ण मानिएको उक्त मदरथान जिर्ण बन्दै गएपछि त्यसको जगर्नेको लागि मुस्लिम समुदायका व्याक्तिहरले चासो देखाएका छन् । मदिना मदरसा प्रबन्ध परिषद् बुटवलका सचिव जमिल खान ले त्यसको रङ्ग रोगन देखि लिएर संरक्षणको लागि आफुहरले चासो देखाएको बताए । हाल मणिमुकुन्द सेन उद्यान परिषद्को भित्र रहेको उक्त स्थान परिषद्कै स्वामित्वमा रहने र त्ययमा मुस्लीम समुदायका व्याक्तिहरुले संरक्षण गर्ने गरी आफुहरुको योजना रहेको उनले जानकारी दिए ।

मुस्लीम धर्मका अगुवा मदरबाबाले बुटवलमा आएर तपस्या गरको र त्यहाँबाट उनले ज्ञान आर्जन गरेको ईतिहासमा पाइएपछि आज भन्दा कयौं बर्ष पहिला त्यहाँ मदरथान बनाइएको थियो । मदरथानकै नजिकै हिन्दु समुदायले पनि आस्थापुर्वक पुजा आजा गर्ने विवाह मण्डप समेत बनाइएको छ । नवलपरासीमा रहेको मदरबाबा मन्दिर जस्तै हिन्दु समुदाय र मुस्लिम समुदायको साझा स्थानको रुपमा विकास गर्ने योजना रहेको मुस्लीम अगुवा मनिउल्लाह मियाँ साझा मन्दिरको रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले यसमा मणिमुकुन्दसेन उद्यान परिषद्ले आफ्नो गुरुयोजना भित्र राखेको कारण पनि यसको मुत्थान हुने बताए । यता, मणिमुकुन्द सेन उद्यान परिषद् बुटवल–२ फुलवारीका कार्यालय प्रमुख त्रिविक्रम बस्यालले विगत लामो समय देखि जिर्ण अवस्थामारहेको मदरथान उत्थान, रङ्गरोगन र संरक्षण गर्नको लागि मुस्लिम समुदायबा चासो देखाउनु आफैमा स्वागत योग्य कुरा भएको बताए ।
उनले यसमा मणिमुकुन्द सेन परिषद् सकारत्मक रहेको भन्दै मुस्लिम समुदायका व्याक्तिहरु संग छलफल गरेर अगाडी बढ्ने बताए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार