सहबान अन्सारी
ऊखु उत्पादक कृषक समिति नवलपरासीले ३ बुँदे मागहरु यथा शिघ्र निर्णय गर्न गराऊन माग गरेको छ ।
नेपाल कृषि प्रदान देश रहेको अवस्था भएपनि देशमा उत्पादित कृषि उपजहरुको उचित मुल्य नपाऊदाँ किसानहरु बर्षेनी समस्या भोग्दै आएका छन ।


त्यसै अनुरुप नेपाल सरकारले केही बर्ष अगाडी मात्र राष्ट्रिय बालीको रुपमा सुचिकृत गरेको नगदे ऊखु बालीको मुल्य निर्धारण र भुक्तानीका लागी हरेक बर्ष अन्दोलन, चक्काजाम नगरि नहुने बाध्यात्मक परिस्थिति रहेको ब्यहोरा विज्ञप्ति मार्फत उल्लेख गरिएको छ ।
ऊखु क्रसिङ्ग समय भईसकेको हुदाँ पनि नेपाल सरकार ऊखु किसानहरुलाई अनुदान रकम रु.६५/ २८ प्रति क्विन्टल बितरणको लागी मन्त्रालय द्वारा झन्झटिलो कार्य बिधि निर्माण गरिएको कारण हाल सम्म किसानहरुले रकम प्राप्त नगरेको बताईएको छ ।

साथै नवलपरासीका बिभिन्न ठाँऊहरुमा उखडा जग्गा, नदि, उकास जस्ता प्रकृतिक जग्गाहरुको जग्गाधनी प्रमाण पुर्जा नरहेको साथै जन्मको आधारमा नागरिकता पाएकाहरुको उमेर पुगेका छोरा छोरीहरु नागरिकता नरहेको त्यस्तै स्थानियतहको सिफारिस दस्तुर अतिनै महगों रहेको हुदाँ अधिकांस किसानहरु अनुदान रकमबाट बन्चित हुदै आएका हस्तराक्षित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बिगत सालमा नै नेपाल सरकारले निर्धारण गरेको ऊखुको मुल्य रु. ५३६/२८ प्रति क्विन्टल मध्ये रु. ४६५/९२ चिनिमिलले र रु. ६५/२८ सरकारी अनुदान गरि रु.५३१/२० मात्र देखिएको हुदाँ बाँकी रकम कस्ले दिनेहो?

यस बिषयमा सरकार मौन रहेको साथै हाल सम्म ऊखुको न्युनतम समर्थन मुल्य निर्धारण नगरेको हुदाँ किसानलाई उधोगीहरुले चेपुवामा पारी सस्तोमा ऊखु बेच्न बाध्य बनाईएको देखिएको हुदाँ नेपाल सरकार सम्बन्धित मन्त्रालयहरुले निम्नलिखित ३ बुदें मागहरु यथा सिघ्र निर्णय गर्न वि‌ज्ञप्ति मार्फत अनुरोध समेत गरिएको छ ।
माग हरु:
१) बिगत साल ०७४/०७५ सालको ऊखुको न्युनतम मुल्य रु. ५३६/५६ मा रु.४६५/९२ चिनि मिलबाट रु. ६५ /२८ सरकारी अनुदान देखिएको हुदाँ रु. ५/३६ कम रहेको छ त्यो रकम कस्ले र कहिले दिने हो यकिन गरि किसानलाई अबिलम्ब भुक्तानी गराऊनु पर्ने ।
२) अनुदान रकमलाई सहजरुपले बितरण गर्न मन्त्रालय द्वारा स्विकृत कार्य बिधि अबिलम्ब सच्चयाई किसानहरुको बैक खातामा तुरन्त पठाऊन ब्यवस्था गर्नु पर्ने।
यस क्रसिङ्ग सिजन ०७५/०७६ को ऊखुको उत्पादन लागतको आधारमा न्युनतम समर्थन मुल्य रु ५५० प्रति क्विन्टल अबिलम्ब कायम गर्नु पर्ने।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार