संसदीय मामिला पत्रकार प्रदेश पाँचमा नयाँ नेतृत्व

बुटवल, २१ मंसिर । संसदीय मामिला पत्रकार समाज प्रदेश नम्बर पाँच गठन भएको छ । शुक्रबार बुटवलमा भएको प्रथम अधिवेशनले विष्णु प्रसाद घिमिरे (नयाँ पत्रिका) को अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।


जसको उपाध्यक्षमा अमृता अनमोल (कान्तिपुर), महासचिव सीपी खनाल (दैनिकपत्र), सचिव ओम पंगेनी (दैनिक लुम्बिनी) र कोषाध्यक्षमा लक्ष्मण पोखरेल (अन्नपूर्ण पोष्ट) रहेका छन् ।
त्यस्तैगरी सदस्यहरुमा विकास पराजुली (लुम्बिनी टिभी, जनता टिभी)टोपराज शर्मा (अनलाइन खवर) प्रकाश आचार्य (मेचीकाली दैनिक), विनोद परियार (नागरिक), मिलन गाहा (नेपाल टिभी), प्रकाश खनाल (गौतमबुद्ध सन्देश), दिपक घिमिर (लुम्बिनी पोष्ट), सरिना मरासिनी (बुद्ध टिभी), अस्मिना पाण्डे (रेडियो मुक्ति), केशव भण्डारी (इमेज टिभी) रहेका छन् । समितिको सल्लाहकारमा भरत केसी, डिआर घिमिरे र यामलाल भुसाल रहेका छन् ।
कार्यक्रममा सल्लाहकार तथा नेपाल पत्रकार महासंघ प्रदेश पाँचका उपाध्यक्ष भरत केसी, प्रेस चौतारीका केन्द्रीय सदस्य प्रदीप आचार्य, सल्लाहकार यामलाल भुसाल लागयतले बोलेका थिए । समाजका अध्यक्ष विष्णु घिमिरेको अध्यक्षता, उपाध्यक्ष अमृता अनमोलको स्वागत तथा महासचिव सीपी खनालको स्वागतमा कार्यक्रम भएको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार