बुटवल, २४ मंसिर । प्रदेश नं. ५ का उद्योग पर्यटन बन तथा बातवरण मन्त्री लिला गिरीले प्रदेश सरकारले कानुन निर्माण गर्दा मानव अधिकारमैत्री कानुन निर्माण गर्ने बताएका छन् ।
७० औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रममा बोल्दै उनले प्रदेशका कानुनहरु निर्माणको क्रममा रहेको भन्दै मानवअधिकार मैत्री कानुन निर्माण र कार्यान्वयनमा प्रदेश सरकार दृढ भएर लागेको बताए । राजनितीक आन्दोलनको समाप्तीपछि अब समृद्धिको आन्दोलनमा देश अगाडि बढेको भन्दै उनले मानव अधिकार उल्लघनको घटनाहरु नियन्त्रणमा सरकार लागि परेको बताए ।


मानव अधिकार तथा शान्ती समाजका केन्द्रीय बरिष्ठ उप सभापती गोविन्द खनालले सरकार न्यायको पक्षमा नउभिएको बताए । मानवअधिकारको कार्यान्वयन गर्ने सरकार अपराधी संरक्षणमा लागेको भन्दै उनले अपराधि संरक्षण गर्ने गृहमन्त्रीले हासी हासी राजिनामा दिनुपर्ने बताए । प्रदेश सरकार प्रदेश नं. ५ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा कानुन मन्त्रालय र राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं. ५ को आयोजनामा भएको प्रभातफेरी कार्यक्रम व्यानर तथा प्लेकार्ड सहित सहभागी भएका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागी उक्त प्रभातफेरी राजमार्ग चौराहबाट शुरु भई पुष्पलाल पार्कमा पुगी कोणसभामा परिणत भएको थियो ।
हरेक वर्ष १० डिसेम्बरमा विश्वभर अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणपत्र पारित गरेको ऐतिहासिक दिवसको सम्झना स्वरुप यो दिवस मनाउन थालिएको हो ।

प्रभातफेरी कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्य न्यू डाईमन्डकी अध्यक्ष आनिक राना, ईन्सेक रुपन्देही प्रतिनिधि रिमा विसी, मानव अधिकार तथा शान्ती समाज रुपन्देहीका अध्यक्ष डिपी खनाल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
मुख्यमन्त्री कार्यालय प्रदेश ५ र मानव अधिकार आयोग प्रदेश पांचको समन्वय तथा विभिन्न संघसंस्थाहरुको सहभागितामा विहान बुटवल राजमार्ग चौराहबाट दिवसको अवसरमा प्रभातफेरी निकालिएको छ । व्यानर तथा प्लेकार्ड सहित सहभागी भएका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागी उक्त प्रभातफेरी राजमार्ग चौराहबाट शुरु भई पुष्पलाल पार्कमा पुगी कोणसभामा परिणत भएको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार