बुटवल, मंसिर २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश ५ अन्तर्गतका स्थानीय तहहरुमा कमिटी निर्माण गरेको छ । प्रदेश कमिटीको शुक्रबार बुटवलमा सम्पन्न बैठकले प्रदेश अन्तर्गतका ८३ गाउँ तथा नगरपालिकाहरुको लागि सर्वसम्मत रुपमा जिल्ला कार्यदलले सिफारिस गरेका कमिटीहरुको अनुमोदन गरेको छ ।


प्रदेश कमिटीका सदस्य तथा कार्यालय सचिब बलराम अधिकारीका अनुसार प्रदेशका ३ बटा जिल्ला अर्घाखाँची, दाङ र रोल्पा बाहेक अन्य जिल्लाका सबै स्थानीय कमिटीहरुले पूर्णता पाएका छन् । जसअनुसार रुपन्देहीको ओमसतियामा अध्यक्ष प्रमोद यादव र सचिव चुमकला बस्याललाई चयन गरेको छ । त्यस्तै कञ्जन गाउँपालिकामा अध्यक्ष भरतमणि सापकोटा र सचिव बिनोद पुन, कोटइमाईमा अध्यक्ष लालमोहन यादव र सचिव बिन्ध्याचल यादव, गैडहवामा अध्यक्ष दुर्गा आचार्य र सचिव चन्द्रबहादुर थापा, तिलोत्तमामा अध्यक्ष मोहन चापागाई र सचिव लक्ष्मण खनाल, देवदहमा अध्यक्ष प्रकाश अर्याल र सचिव मनकुमार कनौजे, बुटवल उप–महानगरमा अध्यक्ष बाबुराम पन्थी र सचिव नारायण बञ्जाडे, मर्चबारीमा अध्यक्ष कमलेश यादव र सचिव ढुनमुन यादव, मायादेवीमा अध्यक्ष साधुसरण साहनी र सचिवमा शंकर ज्ञवाली, रोहिणीमा अध्यक्ष प्रदिप पाण्डे र सचिव नरसिंह चौधरी, लेम्बिनी साँस्कृतिक नगरमा अध्यक्ष रामचन्द्र यादव र सचिव कल्पना हरिजन, शुद्धोधन गाउँपालिकामा अध्यक्ष नरबहादुर घर्ति र सचिव रुक्मागत खनाल, सम्मरीमाईमा अध्यक्ष साहबुद्धिन देवान र सचिव लालबधन सिंह, सिद्धार्थनगरमा अध्यक्ष चोपलाल आचार्य
र सचिव जिबलाल अर्याल, सियारीमा अध्यक्ष खेमराज गुरुङ्ग र सचिव धनसिंह सुवेदी, सैनामैना नगरमा अध्यक्ष नारायण न्यौपाने र सचिव कृष्ण घिमिरे चयन हुनुभएको छ ।

त्यस्तै बाँके जिल्लाको कोहलपुर नगरमा अध्यक्ष बसन्ती अधिकारी र सचिव तुलाराज बिष्ट, खजुरामा अध्यक्ष राजकुमार बि.क. र सचिव यमबहादुर महतरा, जानकीमा अध्यक्ष पदम धिताल सचिव नारायण गिरी, डुडुनामा अध्यक्ष सकिल अहमद खाँ र सचिव भाृेला यादव, नरैनापुरमा अध्यक्ष प्रमोद मिश्र, नेपालगञ्ज उप–महानगरमा अध्यक्ष डिल्लीप्रसाद बराल र सचिव दत्तप्रसाद आचार्य, बैजनाथमा अध्यक्ष चन्द्रबहादुर चौधरी र सचिव मिरा कार्की, राप्ती सोनारीमा अध्यक्ष चामबहादुर घर्ति र सचिव मनोज के.सी.लाई चयन गरेको प्रदेशका कार्यालय सचिव बलराम अधिकारीले जानकारी गराउनुभएको हो ।

पाल्पा जिल्लाको तानसेन नगरपालिकामा अध्यक्ष रामप्रसाद पोखरेल र सचिव नारायण कार्की, तिनाउ गाउँपालिकामा अध्यक्ष राजेश श्रेष्ठ र सचिव दलबहादुर गुरुङ्ग, निस्दी गाउँपालिकामा अध्यक्ष हेमबहादुर खाम्चा र सचिव रामप्रसाद खत्री, पुर्वखोला गाउँपालिकामा अध्यक्ष देविप्रसाद पंगेनी र सचिव प्रेम गैरे,
बगनासकाली गाउँपालिकामा अध्यक्ष हरिप्रसाद पाठक र सचिव कोशल न्यौपाने, माथागढी गाउँपालिकामा
अध्यक्ष हरि चुहान र सचिव तेजु घर्ति मगर, रम्भा गाउँपालिकामा अध्यक्ष अर्जुन श्रेष्ठ र सचिव योगेन्द्रकुमार गैरे, रामपुर नगरपालिकामा अध्यक्ष कमल भट्टराई र सचिव दामोदर पाठक, रिब्दीकोट गाउँपालिकामा अध्यक्ष
चिरञ्जिवी पोखरेल र सचिव मेघराज आचार्य, रैनादेवी छहरा गाउँपालिकामा अध्यक्ष रामप्रसाद ज्ञवाली र सचिव मानबहादुर थापा चयन हुनुभएको छ ।

गुल्मी जिल्लाको इस्मा गाउँपालिकामा अध्यक्ष नारायण पैयानी र सचिव बसन्त सुनार, कालिगण्डकी गाउँपालिकामा अध्यक्ष रामजी ढकाल र सचिव मोहनीलाल भट्टराई, दरवार देविस्थान गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद गौतम र सचिव यमबहादुर पाण्डे, चन्द्रकोट गाउँपालिका अध्यक्ष चित्रबहादुर के.सी. र सचिव
प्रेम पराजुली, छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे र सचिव पिताम्बर अर्याल, धुर्काेट गाउँपालिका अध्यक्ष गोपाल कुँवर र सचिव चन्द्रबहादुर बि.क., मदाने गाउँपालिका अध्यक्ष प्रेम के.सी. र सचिव झविन्द्र घर्ति, मालिका गाउँपालिका अध्यक्ष देविराम अर्याल र सचिव रनमाया पुन, मुसिकोट नगरपालिका अध्यक्ष
खुमबहादुर थापा र सचिव अग्निधर लोहनी, रेसुङ्गा नगरपालिका अध्यक्ष हरिप्रसाद पोखरेल र सचिव धर्म बि.क., रुरु गाउँपालिका अध्यक्ष चक्रपाणी गौतम र सचिव नारायण पौडेल, सत्यवती गाउँपालिका अध्यक्ष
ठगप्रसाद ज्ञवाली र सचिव जितबहादुर तरामु चयन हुनुभएको छ ।

प्युठान जिल्ला अन्तर्गत ऐरावती गाउँपालिकामा अध्यक्ष बुद्धबहादुर बस्नेत र सचिव श्यामबहादुर थापा, गौमुखी गाउँपालिका अध्यक्ष मानबहादुर थापा र सचिव भरतमणी न्यौपाने, झिमरुक गाउँपालिका अध्यक्ष झगबहादुर जि.सी. र सचिव ललित बस्नेत, नौ बहिनी गाउँपालिका अध्यक्ष डिलबहादुर थापा र सचिव
रमेश के.सी., प्युठान नगरपालिका अध्यक्ष टंकबहादुर खड्का र सचिव बिष्णु योगी, मल्लरानी गाउँपालिका अध्यक्ष इमानसिंह भारती र सचिव नारायण भट्टराई, माण्डपी गाउँपालिका अध्यक्ष नमराज अधिकारी र सचिव
यमबहादुर घिमिरे, सरुरानी गाउँपालिका अध्यक्ष कृष्ण रायमाझी र सचिव गुप्तबहादुर राना, स्वर्गद्धारी नगरपालिका अध्यक्ष भुवनसिंह पुन र सचिव मेघराज जि.सी. चयन हुनुभएको छ ।

रुकुम जिल्ला अन्तर्गत पुथा उत्तरगंगा गाउँपालिकामा अध्यक्ष सुरुल पुन (अजय शक्ती) र सचिव
कुलबहादुर वली, भुमे गाउँपालिका अध्यक्ष जनक बुढा (कमल) र सचिव दलबहादुर बि.क., सिस्ने गाउँपालिका अध्यक्ष महेन्द्र के.सी. र सचिव मधुरजंग खड्का चयन हुनुभएको छ ।

बर्दिया जिल्ला अन्तर्गतका गुलरिया नगरपालिकामा अध्यक्ष कोलराज पुरी र सचिव कृष्ण खनाल, गेरुवा गाउँपालिका अध्यक्ष बमबहादुर रावल र सचिव दधिराम पुन्नैही –हिम्कत, ठाकुरबाबा नगरपालिका
अध्यक्ष चक्रबहादुर भण्डारी र सचिव लहानु थारु, बढैयाताल गाउँपालिका अध्यक्ष लल्लुराम थारु र सचिव डिलबहादुर के.सी., बारबर्दिया नगरपालिका अध्यक्ष पदम ढकाल र सचिव दशरथ थारु (सुदिन), बासँगढी नगरपालिका अध्यक्ष तिलकबहादुर हमाल र सचिव भिमबहादुर खत्री, मधुवन नगरपालिका अध्यक्ष दुर्गाबहादुर वली र सचिव हरिहर चौधरी, राजपुर नगरपालिका अध्यक्ष देउराम थारु र सचिव शर्मा थारु चयन हुनुभएको छ ।
कपिलवस्तु जिल्ला अन्तर्गत कपिलवस्तु नगरपालिकामा अध्यक्ष सरिता आचार्य र सचिव अवधेशकुमार उपाध्याय, कृष्णनगर नगरपालिका अध्यक्ष जावेद आलम खाँ र सचिव लल्लुप्रसाद चोवे, बाणगंगा नगरपालिका
अध्यक्ष विश्व कार्की र सचिव टेकेन्द्रकुमार क्षेत्री, बुद्धभुमि नगरपालिका अध्यक्ष पिताम्बर खनाल र
सचिव मोहन केवट, महाराजगञ्ज नगरपालिका अध्यक्ष बिजयप्रकास जैसवाल र सचिव शिव गैरे, मायादेवी गाउँपालिका अध्यक्ष राधवेन्द्र पाण्डे र सचिव सिपी चौधरी, यशोधरा गाउँपालिका अध्यक्ष
हजरथ अलि मुसलमान र सचिव राधवेन्द्र मिश्र, विजयनगर गाउँपालिका अध्यक्ष कृष्ण भण्डारी र सचिव रामऔतार यादव, शिवराज नगरपालिका अध्यक्ष द्रोणबहादुर पुन र सचिव जगत पौडेल, शुद्धोधन गाउँपालिका
अध्यक्ष बिनोद चौधरी र सचिव लाला कुर्मी चयन हुनुभएको छ ।

नवलपरासी जिल्ला अन्तर्गतका प्रतापपुर गाउँपालिकामा अध्यक्ष मकसुदन हमाल र सचिव
नजुम अलि धुनिया, पालिनन्दन गाउँपालिका अध्यक्ष धुव्र बानिया र सचिव सुरेश गुप्ता, बर्दघाट नगरपालिका
अध्यक्ष इन्द्रकुमार राना र सचिव हरिरञ्जन पौडेल, रामग्राम नगरपालिका अध्यक्ष धुव्रनाथ पाण्डे र सचिव
हरिलाल यादव, सरावल गाउँपालिका अध्यक्ष लिलाधर पाण्डे र सचिव सुरेशप्रसाद यादव, सुनवल नगरपालिका
अध्यक्ष ओमबहादुर पुन र सचिव बिरबहादुर बि.क., सुस्ता गाउँपालिका अध्यक्ष ज्ञानप्रसाद पाठक र सचिव
दिर्घजिवी पोखरेल चयन हुनुभएको छ ।

बैठकमा पार्टी स्थायी कमिटी सदस्य, प्रदेश इन्चार्ज शंकर पोखरेल र सहइन्चार्ज दलबहादुर रानाले समसामायिक राजनीतिको बारेमा प्रशिक्षण मुलक भनाई राख्नुभएको थियो ।
प्रदेश कमिटीका अध्यक्ष ओनसरी घर्तीको अध्यक्षतामा तथाम सचिव जगप्रसाद शर्माको सञ्चालनमा सम्पन्न बैठकले पार्टी सदस्यता नविकरण सहित अभिलेख प्रदेश कार्यालयमा अबिलम्ब बुझाउन मातहतका कमिटीहरुलाई निर्देशन गरेको छ ।
प्रदेश कमिटीको बैठकले पार्टी एकताको औपचारिक रुपमा स्वागत गर्नुको साथै कार्य विभाजनको रुपमा प्रदेशको इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष, सचिव तथा सदस्यहरुको जिम्मेवारी प्रदान गरेकोमा नेतृत्वप्रति धन्यवाद सहित जिम्मेवरवारी पुरा गर्ने प्रतिवद्धता ब्यक्त, तिनै तहको सरकारलाई सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु गरेको प्रदेश सचिव जगप्रसाद शर्माले जानकारी गराउनुभएको थियो ।
बैठकले दाङ्ग जिल्ला घोराही उप–महानगरपालिका वडा नं.–१५ का निर्वाचित वडा अध्यक्ष लक्षिनप्रसाद बुढा, प्युठान नगरपालिका वडा नं. २ का वडा अध्यक्ष भिमबहादुर बिष्टको दुखद निधनप्रति समवेदना ब्यक्त गरेको छ भने प्रदेशसभा सदस्य हरि ज्ञवाली र केन्द्रीय सल्लाहकार शोभाराम बस्नेतको स्वास्थ्य लाभको कामना गरेको सचिव शर्माले बताउनुभएको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार