रूपन्देहीको तिलोत्तमा मा माटोबिना नै तरकारी

बुटवल, १ पुस । हाम्रै गाउँठाउँमा माटोबिनै तरकारी फलाउन थालिएको छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । यस्तो अचम्मको किसिमको माटोबिना तरकारी खेती रूपन्देहीको तिलोत्तमाका तीन युवाले सुरू गरेका छन् ।


रुपन्देहीको तिलोत्तमा–३ विष्णुपुरामा लुम्बिनी हाइड्रोपोलिक नेपाल नाम कृषि फर्म स्थापना गरी युवा कृषक ईश्वर पौडेल नेतृत्वमा माटोबिना नैं तरकारी खेती सुरू गरिएको छ । होटल म्यानेजमेन्ट अध्ययन गरेका पौडेल दश वर्ष अगाडि रोजगारीको सिलसिलामा ओमान पुगेका पौडेलले त्यही अबधारणाले हाइड्रोपोनिक प्रविधि अपनाएर तरकारी खेती थालेका हुन् ।
यो प्रविधिको खेतीमा नरिवलको जट्टा पेलेर÷पिसेर बनाइएको कोकोपिट मसिनो धुलो गमलामा राखिन्छ । टनेलभित्र बिरूवा लगाइसकेपछि त्यसलाई हुर्कनका लागि आवश्यक पर्ने पोषक तत्व एमपिके र पानी पाइप मार्फत प्रत्येक बिरूवामा पुराइएको छ भने फर्मभित्रको तापक्रम अटोमेटिक सिस्टम बाट तापक्रम बढ्यो भने आफै पङ्खा चल्ने गर्दछ ।

 

“अहिले परिक्षण रुपमा तरकारी खेती सुरु गरेका छौ,” लुम्बिनी हाईड्रोपोलिक नेपाल रुपन्देहीका सञ्चालक ईश्वर पौडेलले भने ।
पौडेल सहित यो खेतीमा पिताम्बर आचार्य र पुष्पा आचार्य क्रियाशील छन् । पहिलो चरणमा तीन जना मिलेर झण्डै एक विगाहा जग्गामा व्यवसायिक हाइड्रोपोनिक प्रविधिमा तरकारी खेती उत्पादन सुरू गरिएको हो । अहिलेसम्म एक करोड रूपैयाँ लागानी गरिएको उनीहरु बताउँछन् । अबको उत्पादन आफूहरुले विशेष गरी रूपन्देहीका ठूला–ठूला होटलहरूमा सलादका लागि प्रयोग गर्ने गरी पठाउने सोच सञ्चालकको छ । यो प्रविधिमा कुनै पनि विषादी प्रयोग हुँदैन । पूर्ण रूपमा अर्गानिक हुने फार्म सञ्चालक पुष्पा आचार्यले बताईन ।


यो प्रविधिबाट उत्पादन हुने फलहरू माटोमा फल्ने जत्रो ठूलो हुँदैनन् । दुई सयदेखि पाँच सय ग्रामसम्मका हुन्छन् । विषेशगरी यसरी उत्पादित फलफूल र तरकारीहरू सलादको रूपमा बढी प्रयोग हुने गरेको बताइन्छ । विदेशको भुमिका पसिना बगाएर नेपाल फर्केका यस्ता युवाहरुलाई स्थानिय तहले समेत चासो दिन जरुरी देखिन्छ । उनीहरू अहिले फर्मका लागि सबै आवश्यक पोषकतत्वहरू भारतबाटै मगाएका छन् । कसैले माटोबिनाको प्रविधि अपनाएर तरकारी खेती गर्न चाहन्छन् भने सेड निर्माणदेखि सम्पूर्ण कुराहरू सिकाइने पौडेलले बताए । तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले व्यवसायिक तरकारी खेती गर्ने किसानहरूलाई स्थानीय सरकारले अनुदानदेखि विभिन्न क्षेत्रमा सघाउने बताए । उनले भने,‘ हामी हाम्रो नगरपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउने अभियानमा लागेका छौं । नयाँ–नयाँ प्रविधि अपनाएर तरकारी खेती गर्नेलाई हाम्रो पूर्ण साथ÷सहयोग सधै रहन्छ ।’

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार