सदिक्षा गैरे

कावासोती, ७ पौष २०७५

कावासोती नगरपालिका वडा नम्बर ६ का स्थानिय हरु आफ्नो गाउँ आफै सफा गर्न निरन्तर लागि परेका छ्न् । उनिहरुले संचालन गरेको सरसफाई अभियानले शनिबार चौथो हप्ता पनि निरन्तरता पायो । शनिबार स्थानियहरु भेला भएर विभिन्न टोलमा सरसफाई गरेका हुन् ।

आफ्नो गाउ आफै सफा गर्न हराभरा र स्वच्छ बनाउन त्यहाँका स्थानियहरुले सन्चालन गरेको अभियान ले नगरपालिका भरी प्रशंसा बटुलेको छ । कावासोती वडा नं ६ मा रहेका प्रतिभा युवा क्लब , मातृभुमी युबा क्लब , स्थानिय बाल क्लब , कावासोती नगरपालिका ६ नम्बर वडा कार्यालय , जनप्रतिनिधिहरु , युबा तथा बिध्यार्थिहरु को सक्रियतातामा सरसफाइ अभियान संचालन गरिएको हो । शनिबार कावासोती ६ को कृष्ण मन्दिरदेखि शुरु भएको सरसफाई शिवालय मन्दिर हुदै पुर्वटोलको दुर्गामन्दिरमा पुगेर सम्पन्न गरिएको थियो ।

स्थानियहरुले सञ्चालन गरेको सरसफाई अभियान हरेक शनिबार संचालन गरिने र यसलाई निरन्तरता दिईने सामाजिक अभियन्ता खुमाकान्त गौडेल ले जानकारी दिनुभयो । वडा नम्बर ६ मा रहेका बिभिन्न टोलहरुमा सरसफाइको लागि जनचेतना जगाउने र टोलवासीहरुलाई आफ्नो टोल सफा राख्न प्रेरित गर्ने उदेश्यले अभियान संचालन गरेको गौडेलले बताउनुभयो । गाउमा सरसफाई अभियान सञ्चालन भएपछि स्थानीया बासिहरुको उत्साहजनक सहभागिता रहेको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार